एजेन्सी । तस्बीर खिच्नका लागि हामी नयाँ नयाँ तरिका अपनाइरहेका हुन्छौं । जोखिम मोलेर पनि कहिलेकाँही तस्बीर खिचिरहेका हुन्छौं । ज्याननै जोखिममा फालेर तस्बीर खिचाउनु गलत हो । तर, तस्बीर खिच्नका लागि एक रुसी मोडलले निकै जोखिम मोलेकी छन् ।
२३ वर्षीया रुसी मोडल विक्टोरिया ओदिन्त्कोवाले तस्बीर खिच्नकै लागि यस्तो निकै जोखिम मोलेकी हुन् । जसले यो तस्बीर हेरेपनि आङ जिरिङ्ग हुन सक्छ ।
विक्टोरिया हजार फिट अग्लो बिल्डिङको बाहिरपट्टि गएर सुरक्षाका साधन बिनानै झुण्डिइन् । जसले गर्गा उनको तस्बीर राम्रो निकाल्न सकियोस् ।
विक्टोरियाले यसरी फोटो खिचाउँदा एक साथीको हात समातेर विल्डिङको बाहिरपट्टी झुण्डिएकी थिइन् । निकै जोखिमपूर्ण भन्दै उनले त्यसरी खिचाइएका तस्बीर हरु सामाजिक सञ्जालमा पनि राखेकी थिइन् ।
उनको तस्बीरमाथि प्रतिक्रिया जनाउँदै अधिकांशले फोटोका लागि ज्यान जोखिममा फाल्नु गलत भएको जनाएका थिए ।

0 comments:

Post a Comment

 
Top