काठमाडौँ : नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्मा रहेको संविधान संशोधन विधेयक फेल गर्न सोच्नुपर्ने अवस्था रहेको बताएका छन्।
संसद्मा विशेष समय लिएर बोल्दै नेम्वाङले विधेयक पारित गर्न नसकिने तर फेल गर्न पनि सोच्नुपर्ने अवस्था रहेको बताए।
'वास्तवमा यसो भन्दा अचम्मको कुरा सुनिन्छ। यसलाई पास गर्न सकिन्न। हामी पास गर्ने पक्षमा छैनौँ। यो विधेयकलाई फेल गर्न पनि सोच्नु पर्ने अवस्था आएको छ', नेम्वाङले भने, 'जसको समस्या समाधान गर्न ल्याएको हो परिमार्जन गर्छौ ठिक छ, फेल गर्छौ गम्भीर परिणाम आउन सक्छ भनिरहेको छ। साँच्चिकै गम्भीर परिणाम निस्कन्छ भनेर सत्तापक्षले भन्दाभन्दै पनि किन सरकार यस्तो गम्भीर परिणाम निस्कने विधेयकलाई पास भए पनि होस् फेल भए पनि होस् भनेर अगाडि बढाउने कोसिस गरिरहेको छ? यो अचम्मको कुरा छ।'
नेम्वाङले स्थानीय तहको निर्वाचन घोषणा भैसकेको अवस्थामा किन संविधान संशोधन विधेयक अगाडि बढाएर सरकारले दलहरुबीचको दुरी बढाउन खोजेको भन्दै प्रश्न गरे।
'निर्वाचन घोषणा भएपछि सिङ्गो मुलुक सफल बनाउने तयारीमा जानुपर्नेमा संविधान संशोधन विधेयक फेरि किन उठाइयो थाहा छैन। दाँतमा ढुङ्गा लागे जस्तो भएको छ', उनले भने।
नेम्वाङले नेकपा एमालेसहित प्रतिपक्षी नौ दलको गठबन्धनले संशोधन विधेयक अगाडि बढाउँदा मौन रुपमा बस्ने निर्णय सदनलाई जानकरी गराए।
'संशोधन विधेयक ९ दलको तर्फबाट यसलाइ हामी पारित गर्न सक्दैनौँ', नेम्वाङले भने, 'हामी यो संशोधन सम्बन्धि विधेयक प्रक्रियामा जान आजका लागि विरोध गर्दैनौँ। छलफलमा भाग लिदैँनौँ। हामी मौन रुपमा बस्छौँ। मौन रुपमा आजको प्रक्रियामा उपस्थित हुन्छौँ।'
नेम्वाङले आफ्नो कदमलाइ सकरात्मक हस्तक्षेपको रुपमा अर्थ्याए।
'हामी यो प्रक्रियामा सकरात्मक हस्तक्षेप गर्न चाहान्छौँ। यो विधेयक पारित गर्न लायक छैन। हामी यो अडानमा निरन्तर छौँ', उनले भने।
नेम्वाङले निर्वाचन सम्बन्धि कानुन ल्याउन सरकारले ढिलाइ गरिरहेको आरोप लगाए। 'खै निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि विधेयक। खै आयोग गठन गरेको। सरकारले किन अहिलेसम्म आयोग गठन नगरेको? प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेश सम्बन्धि विधेयक खै। राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धि विधेयक खै? हामी कहिले कानुन बनाइसक्छौँ? कहिले प्रदेश र केन्द्र संसदको निर्वाचन गर्छौँ। आफूले गर्ने काम नगरि देशमा साह्रै गम्भीर घटना घट्छ भन्नुको के अर्थ हुन्छ?', नेम्वाङ्ले प्रधानमन्त्रीलाइ प्रश्न गरे।
नेम्वाङले नागरिक समाजले गरेको कार्यक्रमा नेताहरु प्रति व्यङ्ग सुरु भएको सुनाए। 'उहाँहरुले प्रश्न उठाउनुभयो अनिर्वाचित नेताहरु भनेको त राजै हो नि। तपाँइहरु राजा हुन खोजेको? सार्वजनिक रुपमा टिप्पणी गर्नुभयो। आवधिक निर्वाचन हुदैँन भने प्रजातन्त्र र राजतन्त्रमा के फरक?'
मोर्चालाइ माया र व्यङ्ग
मधेसी मोर्चासँग रहेको असन्तुष्टि सम्बोधनको प्रयास जायज रहेको उनको भनाइ थियो। 'तर प्रयास सफल भएन भने के गर्ने। त्यस्तो अवस्थामा संविधान बमोजिमको काम गर्नु हामी बीचको सहमति होइन। ९० प्रतिशत सांसदले हस्ताक्षर गरेर सहमति जनाएको होइन र?', उनको प्रश्न थियो, ' हामीले विवाद सुल्झाउन सकेनौँ। जनताको बीचमा जाँउ। जनताले दुधको दुध पानीको पानी छुट्याउँछन्।'
नेम्वाङले एमाले उपाध्यक्ष बामदेव गौतम जनकपुरमा बसेको घरमा तोडफोड भएको प्रसङ्ग उप्काउँदै मोर्चालाइ व्यङ्ग गरे।
'सत्तापक्षमा हुदाँ पनि हामीलाइ छाड्न सक्नु भएको छैन। विपक्षमा सँगसँगै हुनुहुन्छ। यसबाट हार्दिकता देखिन्छ', उनको भनाई थियो।पहिलोपोस्टको सहयोगमा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment