रौतहट, १५ फागुन । रौतहटमा आयोजित नेकपा एमालेको आमसभा विथोल्ने मधेसी मोर्चाको प्रयास असफल भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी आमसभालाई बिथोल्ने प्रयास गर्दा सदरमुकाम गौरमा विहान झडप भएको थियो । झडपमा दुई जना घाइते पनि भए । तरपनि कार्यक्रम विथोलिएन् । मोर्चाका कार्यकर्तालाई प्रहरीले कार्यक्रमस्थल भन्दा निकै पर विपी चोकमै रोक्यो ।

कार्यक्रम गौरको ब्यारेक फिल्डमा आयोजना गरिएको थियो । रौतहटका एमाले सांसद रामकुमार भट्टराईका अनुसार गौरको ब्यारेक फिल्डमा आयोजित कार्यक्रम सम्पन्न भइसकेको छ ।

रौतहट प्रहरीका अनुसार कांग्रेस, माओवादी, मधेसवादी दलहरुबाट सयौं कार्यकर्ता पार्टी प्रवेश गराउने कार्यक्रम एमालेले राखेको थाहा पाएपछि मोर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए । तर, एमालेको सभासम्म मोर्चाका कार्यकर्ता पुग्न नदिन र स्थिती नियन्त्रणमा लिन गौरमा ठूलो संख्यामा प्रहरी परिचालन गरियो ।

यता मधेसी मोर्चाका नेता अनिल सिंहले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा हुनुमा एमालेको मुख्य भूमिका रहेकाले एमाले नेतालाई कालोझन्डा देखाउने प्रयास गरिएको दाबी गरे ।

0 comments:

Post a Comment

 
Top