पाँचजनाको समूहमा घरभित्र पसेका लुटेराको समूहले भक्तपुर नगरपालिका–२ लिवालीस्थित राजकुमार लाखेमरुको घरबाट रु आठ लाख ७५ हजार ६६० लुटेर लगेका छन् ।
गएराति दुईवटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरब इँटाभट्टाका सञ्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर उक्त रकम लुटेर लगेको पीडित लाखेमरुले बताए ।उनले इँटाभट्टामा बुझाउन दराज र कपडामा राखेको उक्त रकम, दुईवटा मोबाइल, इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेको बताए ।कर्णाली न्यूज।।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment