विवेक नभएकैले त होला मन्त्रिपरिषद्को बैठकले म्यानपावरवाली आशा लामा र शर्मिला पराजुलीलाई राजदूत सिफारिस गर्यो । नेतालाई पैसा सँगै केके दिएर पराजुली राजदूत सिफारिस भएको कहानी यसअघि नै प्रस्तुत गरिसकेका छौँ । आज भने नेतालाई पैसाको बिटोमाथि राखेर राजदूत पद हत्याउने आशा लामाको रामकहानी प्रस्तु गर्दैछौँ ।
आशा लामालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले युएईका लागि राजदूत सिफारिस गरेको छ । यसको अधिकारकर्मि, राजनीतिक दलका नेतादेखी पूर्वराजदूतहरुले विरोध गरिराखेका छन्। नेताले सिफारिस गरेपछि मन्त्री चुपचाप छन् । उनीहरु मध्ये केहीलाई मात्र थाहा छ अध्यारो मिटिङ रुममा आफ्ना महान् नेताले आशासँग के के सम्झौता गरेका थिए ?
अधिकारकर्मी, सामाजिक अभियान्ता र पूर्वराजदूतले ‘चोरलाई चाँबी’ सुम्पिएको आरोप लगाएपनि सरकार मौन छ । आशा लामा नेपाली कांग्रेस जस्ता महान प्रजातान्त्रिक पार्टीबाट राजदूत सिफारिस भएकी हुन् । त्यो पार्टीको नेतृत्व राणा परिवारका ज्वाईं विवेकशील शेरबहादुर देउवाले गरेका छन् ।
कुनै बाहुनले गिरीजाप्रसाद कोइरालाको काट्टो नखाएसम्म सभापति नपाइने भएपछि पार्टी फुटाएका तर गिरिजाको उमेर ढल्कदै गएपछि ठूलै सभापति खान एकीकरण गरेका देउवाले त्यो पार्टीभित्रको प्रजातन्त्र शब्दलाई कहिल्यै सम्मान गर्न सकेका छैनन् । उनी सधैँ बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको अपमान गर्दै पार्टी सञ्चालन गर्छन् र पार्टीलाई पैसावालासँग विक्री गर्छन् । त्यसैले त आज २००७ सालको सच्चा कांग्रेस मरिसकेको छ।
आशा लामा राजदूत सिफारिस हुनुमा देउवाको यही प्रवृत्तिको नराम्रो खेल छ । जावानी सकिएकी तर जवानीको राग पैसामा देखाउदै हिड्ने आशा लामा २०७० सालको संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा गगन थापा विरुद्द चुनाव लडेकी थिइन् ।
तर, उनले जम्मा १४ मत प्राप्त गर्दै लज्जास्पद मात्र होइन धुलो चाट्नेगरी हारेकी थिइन् । अचम्म त के छ भने उनलाई ७० को चुनाव लड्नका निम्ति ठूलो रकम लिएर जनमोर्चाले टिकट दिएको थियो । तिनै आशाको नामलाई गगन थापाले मन्त्रिपरिषद् बैठकमा हस्ताक्षर गरेर कसरी राजदूत सिफारिस गरेहोलान ? यो अझ गहन प्रश्न छ ?
राजदूतको मर्यादा मध्यरातको मिटिङ रुमको भेट र पैसाको बिटो मात्र हो ? यो प्रश्न शेरबहादुर देउवालाई सोध्नैपर्छ । अनि गगन थापा पनि उम्किन पाउदैनन् किनभने उनले आशा लामाको नाममा हस्ताक्षर गर्नुअघि लोकतान्त्रिक पार्टीको बर्को ओढेका राणाका ज्वाईं सभापति देउवालाई किन प्रश्न गरेनन् ?

केही कांग्रेस बुद्धिजीवी आफ्नु बुद्धि पलाएको भन्दै अहिले देउवालाई आशा लामा कांग्रेस नभएकाले राजदूत सिफारिस गर्नु नहुने बताउदै छन् । बुद्धिजीविले बुझ्नुपर्छ नेताका घरमा एउटी श्रीमती हुन्छन् । तर, सम्झौता धेरै पैसावालासँग गरेका हुन्छन् ।
नेतालाई पैसाको लोभमा पार्न सक्ने आशा वास्तवमा नेपाली चेलीबेटी बेचबिखनकी एउटी तस्कर हुन् । जो राजदूत भए चेलीबेटी बेचबिखन थप मौलाउला तर नेपालको हितमा एउटा पनि काम हुने छैन् ।
यत्तिमात्र होइन साउदीको नेपाली दूतावासले लामाको म्यानपावरलाई कारबाही गर्न पटकपटक सिफारिस समेत गरिसकेको छ। तर, सरकार तिनै लामालाई देवत्वकरण गर्दै राजदूत सिफारिस किन गर्छ ? यस्ता सक्कली तस्करलाई राजदूत सिफारिस गर्ने मन्त्रीलाई नै कारबाही गर्ने कानुन चाहिँ किन बन्दैन ? नेता यसरी नै पैसामा बिक्री हुँदै जाने र जनताले टुलुटुलु हेर्ने हो भने भोली शेरबहादुर देउवा नै लेन्डुप दोर्जे नबन्ने आधार के छ र ?
यत्तिबेला जनता मात्र होइन पार्टी कार्यकर्ता पनि पार्टी नेतृत्वलाई सचेत गराउन सडकमा आउनुपर्छ । लोकतन्त्र भनेको नेताको मस्तीका लागि होइन जनताको अधिकारका लागि हो भन्ने चेतनाको विस्तार सबैसामु हुनु आवश्यक छ । जनता धेरै जान्दैनन् तर नेपाली युवायुवती सप्लाई गरेर कालो धन कमाएकालाई राजदूत सिफारिस गर्ने सरकार र नेतालाई नांगै पारेर रत्नपार्कमा उभ्याएको हेर्न चाहन्छन् ।
0 comments:
Post a Comment