रसुवा, १० फागुन - नेपाली सेनाले धुन्चेस्थित रसुवा माविको अधुरो भवन बनाउन आजदेखि सुरु गरेको छ ।
प्रअ तेम्पारिसाङ घलेका अनुसार भूकम्पअगावै थाम उठाई ढलान भए पनि विविध कठिनाइले दुई तलासम्म बनाइसकिएको विद्यालय भवन अधुरै रहेकाले लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गणले निर्माणको काम सुरु गरेको हो ।
लाङ्टाङ निकुञ्जको जैविक संरक्षणका साथसाथै सामाजिक कार्यमा समेत योगदान पु¥याउँदै आएको नारायणदल गणले भूकम्पले जीर्ण बनाएको धुन्चेस्थित शिव मन्दिर पुनःनिर्माण, धुन्चे–४ भिमली प्राविमा चारकोठे शौचालय निर्माण गर्नाका साथै धुन्चे प्रवेशद्वार नजिक प्राकृतिक स्रोतलाई संरक्षण गर्दै पानीट्याङ्की तथा धारा पनि बनाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment