भ्यालेन्टाइन डे को रात ८ बजेर ४७ मिनेटलाई ‘सेक्स ओ क्लक’ को उपमा दिइएको छ । कारण, यो समयमा अधिकांस जोडीहरु यौनक्रिडामा व्यस्त हुने गरेको पाइएको छ ।
यद्यपि सर्भेक्षणले केही फरक तथ्य पनि उजागर गरेको छ । नव विवाहित जोडीहरुले भने भ्यालेन्टाइन डे को दिन बेलुकीबाटै सम्भोगको नित्य कर्म सुरु गर्ने गरेको पाइएको छ ।


नव विवाहितहरु उक्त पवित्र तथा रोमान्टिक दिनको रात्रिकालमा अबेरसम्म धैर्य गर्न नसक्दा रहेछन् । त्यसैले बेलुकीको ८ बजेर ७ मिनेटबाटै उनीहरुको नित्यकर्म सुरु भैसक्ने रहेछ । विवाह गरेको अलिक धेरै समय पुगेका पाका दम्पतिहरु भने ९ बजेर ७ मिनेटपछि बाट मात्र यौन कार्यमा समाहित हुने गरेको सर्भेक्षणले देखाएको छ ।
लालाबाला भएका दम्पतिहरुका लागि भने भ्यालेन्टाइन डे को रातमा समेत समयमै काम सुचारु गर्ने मौका मिल्दैन । बच्चाबच्ची सुताइवरी रात छिप्पिएपछि झण्डै साढे ९ बजेतिरबाट मात्र उनीहरु एक अर्कामा समर्पित हुने गरेको पाइयो ।

सेक्स ट्वायको अनलाइन बिक्रेता लभहनीले गरेको सर्भेक्षणले भ्यालेन्टाइन डे को दिन सयमा ८० भन्दा बढि जोडीहरुले सम्भोग गर्ने गरेको देखाएको ेछ । लभहनीका एकजना संस्थापक रिचार्ड लंगहस्र्ट भन्छन्, ‘यो दिन सहवासका लागि उनीहरु सुत्ने समय पर्खिरहन सक्दैनन् ।’

0 comments:

Post a Comment

 
Top