आफ्नो आफन्त मर्दा मानिस मात्रै होइन, जनावर पनि शोकमा पर्छन् । यस्तै शोकमा परेको एउटा कुकुरको यस्तो भिडियो फुटेज सार्वजनिक भएको छ, जसले जो कसैको हृदयलाई हल्लाइदिन्छ ।
थाइल्याण्डको उत्तर-पुर्वी बुरीराम भन्ने ठाउँको घटना हो यो । एउटा कुकुर कारले हिर्काएर मर्यो । उसको लाश धेरै बेरसम्म सडकमै अलपत्र पर्यो । त्यसपछि एक व्यक्तिले कपडामा लपेटेर खाली ठाउँमा लगेर फालिदियो ।
सो कुकुरको दाई आफ्नो दाईलाई खोज्दै सो ठाउँमा आइपुग्यो । दाईको लाश देखेर उ निकै भावविव्हल भयो । लाशलाई सुँघ्दै केहीबेर छट्पटीयो । त्यसपछि उसले आफ्नो नाकको सहाराले त्यहाँ वरिपरीको माटो खोसि्रयो र भाईको शरीरमा पुर्न थाल्यो । लाश पुरिसकेर उ रुँदै बाटो लाग्यो ।
सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियोले धेरैलाई भावुक बनाएको छ । एक किशोरले फेसबुकमा लेखेका छन्, ‘म १६ वर्षको व्यक्ति हुँ । यो भिडियो हेरेपछि मेरो आँबाट आँशुको धारा बग्यो । यो कुकुरलाई भेट्न पाए म यसको लागि जे पनि गर्ने थिएँ ।’
कुकुरले खुट्टाले नभएर नाकले माटो खोस्रेकोलाई लिएर पनि धेरैले आश्चर्य व्यक्त गरेका छन् । अनलाइनखबरको सहयोगमा


0 comments:
Post a Comment