बलिउड कलाकारहरु आजभोलि सामाजिक संजालमा निकै सक्रिय छन्। सामाजिक संजालमार्फत् उनीहरु आफ्ना फ्यानहरुसँग अन्तरक्रिया पनि गरिरहन्छन् भने आफ्ना गतिविधीहरु अपडेट पनि गरिरहन्छन्। तर, केही कलाकार यस्ता छन् जो यी सबैबाट टाढा छन्।
ऐश्वर्य राय, रणवीर कपुर, कंगना रनावत, सैफ अली खान, करिना कपुर जस्ता बलिउड हस्ती सामाजिक संजालमा खासै सक्रिय छैनन्।
यसका पछि सबैका आ–आफ्नै कारण छन्।
तर, ऐश्वर्य रायलाई ट्वीटर/ फेसबुकमा नआउनु बाध्यता हो। भारतीय समाचारमाध्यले उल्लेख गेरअनुसार उनी सामाजिक संजालमा आउन चाहे पनि सकेकी छैनन्। उनलाई पति अभिषेक बच्चनले रोकेको खबर सार्वजनिक भएको छ। यता, अभिषेक भने सामाजिक संजालमा छन् र प्रायः पोस्ट पनि गरिरहेका हुन्छन्।
अभिषेकले किन ऐश्वर्यलाई सामाजिक संजालमा नआऊन् भन्छन् त?
ऐश्वर्यले सामाजिक संजालको दबाब झेल्न नसक्ने भएकाले उनी यसमा सक्रिय नरहून् भन्ने रहेको अभिषेकको भनाइ छ। सामाजिक संजालमा कलाकारका बारे धेरै ट्रोलहरु आउने, मजाक उड्ने, कहिलेकाँही गाली गलौज पनि हुनाले ऐश्वर्यले यी सबै झेल्न सक्छिन् भन्ने आश्वस्त नभएकाले अभिषेकले आफ्नी पत्नीलाई यी सबबाट टाढा राख्न चाहेको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन्।

(एजेन्सी/ सेतोपाटी)

0 comments:

Post a Comment

 
Top