काठमाडौं– उम्मेद्वारी मनोनयनको विषयमा विवाद हुँदा राजधानीको आरआर क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ ।
झडपका क्रममा दुई नेविसंघका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा सुरेश भारद्वाज र सुनिल शर्मा रहेका छन् ।
मनोनयनमा  नेविसंघले अवरोध गर्न खोजेपछि विवाद हुँदा अनेरास्ववियूले आक्रमण गर्दा उनीहरु घाइते भएको बताइएको छ । अहिले आरआर क्याम्पस तनावग्रस्त रहेको छ ।

स्ववियू निर्वाचन १८ गते हुँदैछ भने आज उम्मेद्वारी दर्ताको दिन थियो । रातोपाटीबाट साभार गरिएको |

0 comments:

Post a Comment

 
Top