फागुन १२, काठमाडौं – सरकारले चुनावको घोषणा गरेको तेस्रो दिन नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालले चुनावको मिति घोषणा फिर्ता लिन माग गरेका छन् ।
नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय समावादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती जारी गरेर चुनावको मिति फिर्ता लिन माग गरेका हुन् ।
सरकारले चुनावको घोषणा गरेको तेस्रो दिन नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालले चुनावको मिति घोषणा फिर्ता लिन माग गरेका छन् । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय समावादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती जारी गरेर चुनावको मिति फिर्ता लिन माग गरेका हुन् ।
भट्टराई र यादवले जारी गरेको संयुक्त विज्ञप्तीमा राजनीतिक दलहरुको भागबन्डा र सत्ता स्वार्थमा घोषणा गरिएको स्थानीय तहको चुनावको मिति घोषणा फिर्ता हुनुपर्ने उल्लेख छ । विज्ञप्तीमा चुनावबाहेक अरु ५ वटा माग पनि राखिएको छ ।
भट्टराई र यादवबीच बुधवार राती छलफल भएको थियो । त्यसपछि यस्तो विज्ञप्ती आज जार िगरिएको हो । यादव हिजो मात्र दिल्ली भ्रमणबाट फर्केका थिए । नयाँ शक्तिले हिजो मात्र विज्ञप्ती जारी गरेर चुनावका आधार तयार गर्न माग गरेको थियो ।रातोपाटीको सहयोगमा

0 comments:
Post a Comment