एउटा स्टार्ट अप कम्पनीले गरेको सेयर निस्कासनमा यति धेरै लगानी सुरुआतमै जुट्नु उत्साहजनक भएको सगुनले बताएको छ । सगुनले निस्कासन गरेको सेयर कुनै स्टक एक्स्चेन्जमा लिस्टिङ नहुने तथा लगानीकर्ताहरुको लगानीको सुरक्षा के होला जस्ता सवालहरु पनि उठाइन थालिएको छ । एक नेपालीले अमेरिकामा सुरु गरेको एक कम्पनी अमेरिकामा दर्ता भएर बिश्वभरीबाट मिनी आइपिओ मार्फत लगानी भित्राउने स्तरमा पुगेको पहिलो कम्पनी हो ।
मिनी आइपिओ के हो ? के कुनै एक्स्चेन्जमा सूचिकृत नहुने वित्तिकै लगानीकर्ताले त्यसमा गरेको लगानी डुबिहाल्छ ? सगुनले यि सबैको जवाफ सम्भावित लगानीकर्तालाई आफ्नो वेवसाइट( www.sagoon.com/invest) मार्फत जनाएको छ ।
यस बारेमा सगुनले वेभसाइटमा भनेको छ, ‘तत्काल सगुनको सेयर लिस्टिङ हुँदैन ।’ यसको सेयरमा लगानी गर्नुअघि कति लगानी गर्ने वा नगर्नेबारे वित्तीय सल्लाहकारहरुसँग सल्लाह गर्न पनि उसले आग्रह गरेको छ ।
यसको अर्थ सगुनले सर्बसाधारणलाई सचेत भएर लगानी गर्न भनेको हो । यस्तो अबस्थामा सगुनले कसैलाई भ्रममा पार्न आवश्यक छैन र आफूहरुको उद्धेश्य पनि त्यस्तो नरहेको यसका संचालकहरुले बताएका छन् ।
सगुनले निस्कासन गरेको सेयर के हो र यसका प्रक्रियाहरु के के हुन त भन्ने बारेमा पनि बुझ्न आवश्यक भएको छ ।
मिनी आइपिओ के हो ?
अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकाले भर्खरै उदाउँदै गरेका कम्पनीलाई रेगुलेशन ए अन्तर्गत लगानी जुटाउन त्यहाँको नियामक निकायले सेयर निस्कासन गर्न दिइने अनुमतिलाई विशेष गरी अमेरिकी संचारमाध्यमले मिनी आइपीओ नाम दिएका हुन् ।
नेपालीले स्थापना गरेको कम्पनी सगुनले अमेरिकी बजारमा सेयर निस्कासन गर्न पाउनु आफैं गौरवको कुरा हो । साना लगानीकर्ताले समेत एउटा आइटी स्टार्टअप कम्पनीमा लगानी गर्न पाउनु आफैंमा अभूतपूर्व अबसर पनि हो ।
सर्बसाधारणले समेत उदाउँदा कम्पनीहरुमा लगानी गर्न सकुन भनेर अमेरिकाले ल्याएको नयाँ कानुनी प्रावधान हो यो ।
यस कानुनअनुसार आम नागरिकले निजी रुपमा लगानी गरिएका कम्पनीहरुमा ती कम्पनीहरुको शेयर सार्वजनिक रुपमा कारोबार हुनुअगाडि लगानी गर्न पाउँछन् ।
यस कानुन बन्नुअगाडि प्राय स्टार्ट अप कम्पनीहरुमा थोरै आम्दानी भएका ब्यक्तिहरुले लगानी गर्न पाउँदैनथे ।
त्यतिखेर कम्तीमा १० लाख अमेरिकी डलर बराबरको खूद सम्पत्ति वा २ लाख ५० हजार डलर वार्षिक आय भएका व्यक्तिहरुले मात्रै सुरुको चरणमा लगानी गर्न पाउँथे । यही कारणले रिक्स लिन सक्ने र ठुलो लगानी गर्नेहरु कम्पनी राम्रो हुदा उनीहरुको सम्पती सयौ गुनाले बढ्ने हुनाले धनीहरु झन धनी गएको कारण समेत रिक्स लिन सक्ने साना लगानी कर्तालाई अमेरिकाको सो कानुनले लगानी गर्न अवसर दिएको हो ।
शेयर निष्कासनअघिको अवस्थामा वृद्धिदर धेरै हुने र त्यसपछिको अवस्थामा वृद्धिदरमा कमी आउने भएकोले अगाडि लगानी गर्न पाउने धनी लगानीकर्ताहरुले पछि लगानी गर्न पाउने अलि कम धनी लगानीकर्ताभन्दा बढी प्रतिफल पाउँथे ।
अहिले रेगुलेशन ए प्लस (मिनी आईपीओ) को नियमानुसार लगानी गर्न धनी हुनैपर्छ भन्ने प्रावधान हटेको छ । तपाईंले आफ्नो कुल सम्पति वा वार्षिक आयको १० प्रतिशतभन्दा बढी लगानी नगर्ने प्रतिबद्धता भने सगुनको आइपिओमा लगानी गर्दा गर्नुपर्ने हुन्छ ।
अहिलेका फेसबुक, ट्वीटरजस्ता चर्चित कम्पनीहरुले सुरुमा यसैगरी लगानी जुटाएका थिए ।
तिनमा सुरुमा बार्षिक २ लाख ५० हजार डलरभन्दा बढी आम्दानी गर्नेहरुले मात्र लगानी गर्न पाएका थिए । तिनीहरुले अहिले पाएको प्रतिफलबारे बताइरहनु पर्छ र ? त्यतिखेर फेसबुकमा गरिएको १ डलर लगानी एक दशक नवित्दै १२ सय डलरमा पुगेको छ ।
सगुनको सेयर लिस्टिङ हुँदैन ?
सगुनमा अहिले गरिने लगानी संस्थापक सेयरमा गरेका लगानी जस्तै हो । संस्थापक सेयर साधारण सेयर निस्कासन नगरी बेच्न पाइंदैन । नेपालकै उदाहरण हेरौं । नेपालका सीमित बैंकका संस्थापक सेयरधनीले नेप्सेमा लिस्टिङ भएर मात्र सेयर किनबेच गर्न पाएका छन् ।
यसको अर्थ उनीहरुको सेयर किनबेच भएकै छैन त ? उनीहरुले बैंकले गरेको नाफाबाट लाभांश पाएका छैनन त ? अबस्य छन् । यस्तो सेयर संस्थापकहरुबीच सजिलै किनबेच हुन्छ । कम्पनीले गरेको नाफाअनुसार उनीहरुले लाभांश पाउँछन् ।
सगुनको सेयर पनि आइपिओ निस्कासन पछि अमेरिकी स्टक एक्स्चेन्जमा सूचिकृत हुन्छ । त्यसपछि सजिलै किनबेच गर्न सकिन्छ । त्यसका लागि केही समय भने कुर्नु पर्छ ।
सगुनको मिनी आइपिओ र स्टक मार्केटमा पाइने शेयरमा के फरक छ ?
सिद्धान्ततः दुबै उस्तैउस्तै हुन् । यिनीहरुको बीचको तात्विक अन्तर भनेको कम्पनी कुन अवस्थामा रहेको बेलामा शेयर किन्ने भन्ने मात्र हो । एकछिन फेसबुक कम्पनीको उदाहरण हेरौ ।
फेसबुक सन् २००४ तिर स्टार्टअप कम्पनीको हैसियतमै थियो । यसको आफ्नै प्रशस्त लगानी थिएन । प्रयोगकर्ता पनि थोरै थिए । यसको भविष्य अनिश्चित थियो । उसको अबस्था अहिलेको सगुनको जस्तै थियो ।
त्यसबेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्थ्यो । मानिसहरु किन्न हिच्किचाउँथे । त्यसबेला एक डलरमा बेचेको फेसबुकको शेयरको मूल्य अहिले बजारमा करिब १२ सय डलरभन्दा बढी पर्छ ।
त्यसबेला फेसबुकको सेयर नकिन्नेहरु अहिले स्टक मार्केटबाट १२ सय डलर तिरेर किनिरहेका छन् ।
अहिले त्यति मूल्य तिरेर किन्नेहरुको सेयर मूल्य पहिले किन्नेहरुको जत्तिकै बढ्ला त ? गाह्रो छ । यसरी फेसबुक स्टार्टअप कम्पनी भएको बेलामा शेयर किन्नेहरुले राम्रो आम्दानी गर्न सफल भए ।
सगुन अहिले स्टार्टअप कम्पनी हो । सामान्य बुझाइमा यसको भविष्य अझै अनिश्चित छ । त्यसैले त यसको शेयर मिनी आइपिओमा सस्तोमा पाइएको छ ।
सगुनले प्रगति गर्दै गएपछि भोलिका दिनमा दिने प्रतिफल फेसबुकको जस्तै वा त्यसभन्दा कम बढी हुनसक्छ ।
स्टार्टअप कम्पनीको शेयरमा गरिएको लगानी ‘चिठ्ठा’ परेको जस्तै मानिन्छ । स्टार्टअप कम्पनीमा शेयर हाल्न पाइयो र त्यो कम्पनी सफल भयो भने लगानीकर्ताले पाउने प्रतिफल ठूलो धनराशीको चिठ्ठा परेको जस्तो हुनसक्छ । यसको सेयर मुल्य कयौ गुनाले बढ्छ ।
त्यही भएर यस्ता कम्पनीमा लगानी गर्नेहरु कम्पनीले प्रदान गर्ने लाभांशभन्दा शेयर मूल्य बृद्धिप्रति अत्यधिक आकर्षित हुन्छन् । लगानीमा जोखिम र फाइदा सिक्काको दुइवटा पाटा जस्तै भएर संगै हिड्छन् ।
सगुन डटकम के हो ?
सगुन इंक अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी हो । यसले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलपमा लागिरहेको छ ।
एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराउने र यसले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने फरक अवधारणाका साथ ब्यवसायिक योजना सार्बजनिक गरेको छ ।
सगुनमा अहिले लगानी गर्दा भोलि यसले आफ्नो स्वरुप फेसबुकले जस्तै विस्तार गरेको अबस्थामा त्यसको प्रतिफलको हकदार तिनै सेयरधनी हुने छन् ।
सुरुआतको कम्पनी भएको सगुनको भविष्यको अनुमान अहिल्यै लगाउन सकिन्न । त्यसैले यसमा लागनी गर्नु केही जोखिम मोल्नु पनि हो । त्यसैले बजारमा यसको सेयर मूल्य पनि कम छ । यति हुदा हुदै पनि कम्पनीको ग्रोथ राम्रो हुदै गएमा यसको प्रतिफल असिमित हुने देखिन्छ । सगुनको ग्रोथ राम्रो हुदै गएमा नेपालमा समेत ठुलो लगानी गरेर आइटीको अनुसन्धान गर्ने ठुलो सेन्टर बनाउने योजना बनाएको छ ।

हुनतः सगुनको सुरुआतमा लगानी गर्ने संस्थापक लगानीकर्ताको सम्पत्तिको बजार मूल्य अहिले ४६ गुणाले बढी सकेको छ । त्यसैले सगुनले प्रतिसेयर २३ डलरका दरले मिनी आइपिओ विक्री गर्ने अनुमति पाएको हो । भोलि यही दरमा मूल्य नबढ्ला भन्न सकिन्न । नेपाल भित्रबाट लगानी गर्न नपाए पनि बिदेशमा बस्ने नेपालीले आफ्नो क्षमताअनुसार लगानी गर्न खुलाएको छ । जसको लागि www.sagoon.com/invest मा गएर त्यहा भएको लगानी सम्बन्धी फर्म भरेपछि आएको मेल आफ्नो खाता भएको बैकमा लिएर गए पछि वायर ट्रान्फर गरेर लगानी गर्न सकिन्छ । त्यसको लागि कम्तिमा $299 लगानी गर्नु पर्नेछ भने सो भन्दा बढी आफ्नो क्षमता अनुसार लगानी गर्न सक्नेछन् । www.sagoon.com मा रहेको २४ औ घण्टा खुल्ला रहने लाइभ हेल्पसेन्टरबाट समेत लगानी सम्बन्धी जानकारी पाउन सकिने सगुनले बताएको छ ।
0 comments:
Post a Comment