फागुन ११, काठमाडौं : राप्रपामा दाजुभाइ तथा काकाभतिजले नै चुनाव जित्दा राप्रपा संस्थापक सूर्यबहादुर थापाका नाति सिद्धार्थ भने पराजित भएका छन्।
पूर्वप्रधानमन्त्री थापाका छोरा सुनिललाई कार्यकर्ताले सम्मानजनक जित दिलाउँदा नाति सिद्धार्थलाई कार्यकर्ताले यस पटक पत्याएनन्।
महोत्तरीका भरत गिरी र राजेश गिरी सहोदर दाजुभाइले जितेका छन्। उनीहरु दुवैले चुनाव जितेका छन्।
युवक संगठनका अध्यक्ष भएर पनि प्रकाश रिमाल भने पराजित भए। पूर्वमन्त्री हेमबहादुर मल्लकी बुहारी प्रेक्षाले चुनाव जितेकी छन्।
काठमाडौंका विक्रमबहादुर थापा र उद्धव थापा काकाभतिजा हुन्। उनीहरु दुवैले खुला केन्द्रीय सदस्यमा चुनाव जितेका छन्।थाहा खबरको सहयोगमा

0 comments:

Post a Comment

 
Top