दिपा तामाङ पुर्बबाट गायन क्षेत्रमा संघर्षको साथ उदाउदै गरेको नाम हो । ईलामको कोल्बुङ साल्बोटेमा जन्मिएकी उनी कभर गितबाट नेपाली गित संगितमा पहिलो कदम चालेकी थिईन् । महेन्द्र राई संग कभर गाउदा गाउदै एल्बम ''पर्खाई'' बाट संगितक यात्र शुरु गरेकी उनले एल्बम र फुट्कर गरि करिब १० वटा गीतमा स्वर दिई सकेकी छिन ।

संगितसाधाना नगरी यात्रा चालेकी दिपा तामाङ भन्छिन ''संगित साधाना बेगर संगितमा डुब्न सकिँदैन र म अहिले काठमाडौमा सिक्दै छु''' । उनी भन्छिन् ''मेरो लागि गित संगित सबैको मनमा बस्न सकिने माया हो । दुखसुख, प्रेम भावाना सजिलै पोख्न सकिन्छ।''

''पढाइ र संगित अहिले दुबैमा एकै साथ लागेको छु।गर्भको साथ भन्छु कि आज सम्पूर्ण नेपाली दाजुभाइ रदिदीबहिनी हरुले सधै आशिर्बादको कारण याहा उभिएको छु, उहाहरु यदि मेरो साथमा न हुनु भाए।नेपालीमा एउटा उखान छ कुवाको भ्यागुतो जति उफ्रे पनि कुवामै यस्तै हुने थियो । तर सम्पूर्ण को साथले गर्दा आज एउटा नेपाली गित संगितको बजारमा उभिएको छु'' उनी थप्छिन् ।

भर्खरमात्र उनको सुमधुर आवाज रहेको ''लाईक यु'' बोलको गीत सार्वजनिक भएको छ । निर्मला राईको शब्द तथा राज लिम्बु थेगिमको संगीत रहेको उक्त गीत यथार्थ चलचित्रमा समाविष्ट गीत हो । विदेशिएका नेपाली चेलीहरुको सत्य कथामा आधारित उक्त चलचित्रलाई राज लिम्बु थेगिमले निर्देशन गरेका छन् ।

0 comments:

Post a Comment

 
Top