कालिकोट, १३ फागुन– जिल्ला कारागार कालिकोटमा कैदी जीवन बिताइरहेको एक जोडीले जेलभित्रै बिहीबकार विवाह गरेको छ ।
कालीकोट राचुली गाविस ९ का ३३ वर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० वर्षीया मिम्कोसा विष्टबीच बिहे भएको हो ।
कोइराला पत्नी हत्या गरेर जेल सजाय भोग्दै छन् भने विष्टले पति हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए । बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ । सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन् ।
जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ । मैले श्रीमानको हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे । त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो ।’
डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ । दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ ।’
उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए ।नागरिक दैनिकको सहयोगमा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment