विश्व स्वास्थ्य संगठनले विश्वकै खतरनाक ब्याक्टेरियाहरुको सूची तयार पारेको छ । यी ब्याक्टेरियालाई औषधिको असर समेत पर्दैन । जसलाई मानव स्वास्थ्यका लागि सबैभन्दा खतरनाक मानिएको छ । यस सूचीको सबैभन्दा माथि ई. कोली जस्तो ग्राम नेगेटिभ बग छ ।
जो अस्पतानमा भर्ना भएका विरामीको रगतमा घातक संक्रमण र निमोनिया फैलाउन सक्छ । जर्मनीमा हुन लागेको जी–२० को बैठकअघि यो सूचीमा छलफल हुनेछ । यसको उदेश्य सरकारको ध्यान गम्भीर उपचार गर्नुपर्ने संक्रमणका लागि एन्टियोबायोटिक निर्माणका केन्द्रित गराउनु हो । विशेषज्ञले केही संक्रमणको उपचार अहिले संसारमा निर्माण भएका र पत्ता लागेका औषधिबाट सम्भव नहुने चेतावनी दिइसकेका छन् । यस्तोमा सामाज्य संक्रमण पनि खतरनाक हुनसक्छ ।
डब्लुएचओकी डाक्टर मेरी पोल किनीले एन्टियोबायोटिकको प्रतिरोधक क्षमता चेतावनीको स्तरसम्म पुगेको र अब कुनै नयाँ औषधि पत्ता नलागिरहेको उल्लेख गरेका छन् । उनले उपचारको विकल्प तिव्र रुपमा कम हुँदै गएको बताए । डाक्टर किनीले यदि बजारमा नै सबै कुरालाई छाडिदिने हो भने सयम छँदै नयाँ एन्टियोबायोटिक विकसित गर्न नसकिने उल्लेख गरे । डब्लुएचओले औषधि कम्पनीहरुले बनाउन सस्तो र धेरै फाइदा हुने औषधिमात्रै उत्पादन गरिरहेको भन्दै सचेत बन्नुपर्ने चेतावनी दिएको छ ।
यस सूचीमा टिबीलाई भने राखिएको छैन, किनकीय यसको अनुसन्धानलाई पहिले नै प्राथमिकतामा राखिएको छ । विशेषज्ञले अहिलेका औषधीहरुको प्रतिरोधात्मक क्षमतालाई ध्यानमा राखेर नयाँ सुची तयार गरेका हुन् । यसमा वैश्विक मृत्युदर, समुदायमा संक्रमणको फैलावट र स्वास्थ्य सेवामा विरामीका भारलाई पनि सामेल गरिएको छ । सूचीको शीर्ष स्थानमा एक क्लेबसिला नामको ब्याक्टेरिया पनि सामेल छ । जसका लागि हालै कडा एन्टियोबायोटिक कार्बापेनेम्सका लागि प्रतिरोधात्मक क्षमता विकसित गरिएको छ । यो खबर आजको राजधानी दैनिक मा छ।

0 comments:

Post a Comment

 
Top