काठमाडौं, १५ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधन विधेयकमा पूरक प्रस्ताव लैजाने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान नौ बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक र कांग्रेसको रणनीतिका विषयमा छलफल हुनेछ ।

कांग्रेस नेता प्रकाशमान सिंहका अनुसार समग्र राजनीतिक विषयमा कांग्रेसका सांसदहरूलाई जानकारी गराइनेछ । उनले भने, ‘संविधान संशोधनको विषय पनि आएको छ । त्यस विषयमा पनि छलफल हुन्छ ।’

संविधान संशोधनको विधेयकमा पूरक प्रस्ताव दर्ता गराउनका लागि संसद सचिवालयले आज बेलुकासम्मको समयसीमा दिएको छ । सो समयभित्र पूरक विधेयक दर्ता गराउने जनाइएको छ ।

0 comments:

Post a Comment

 
Top