काठमाडौं, १७ फागुन । सरकारले वन सुरक्षाका लागि सेना खटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बन सुरक्षाका लागि ७ सय सैनिकलाई काजमा खटाउने निर्णय गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।
बैठकले नेपालको स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले दिने १५ अरब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सरकार र निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ । बैठकले बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने, विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रमहरुमा आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ ।
0 comments:
Post a Comment