काठमाडौं, १२ फागुन । सरकारले स्थानिय निकायको निर्वाचनको घोषणा गरेपनि मधेसी मोर्चा लगायत केही राजनीतिक दलहरुले विरोध गर्ने क्रम जारी छ । सरकारले घोषणा गरेको निर्वाचन मिति फिर्ता लिन नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन् । सरकारले आफैले दर्ता गरेको संविधान संशोधन विधयक पास नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै उनीहरुले संयुक्त रुपमा विरोध जनाएका हुन् । सरकारले आगामी बैशाख ३१ गते स्थानिय निकायको चुनावको घोषणा गरेको थियो । सरकारले निर्वाचन घोषणा गरेर अस्थिरता निम्त्याउँन लागेको समेत उनीहरुले आरोप लगाएका छन् । दुई नेताले ६ बुँधे माग समेत अघिसारेका छन् । - 

0 comments:

Post a Comment

 
Top