फागुन १२, काठमाडौं । शिव पूराणको विधेश्वर संहितामा शिव भगवानले स्वयम् भन्नु भयको छ की शिवरात्रीको दिन जो प्राणी निराहार भई ब्रत बस्छ, ऊ प्राणी यस जन्ममृत्युको भव बन्धनबाट मूक्त भइ शिवमय हुन्छ र शिव सानिधत्यता प्राप्त गर्दछ ।
देवादीदेव महादेवको सेवा गरी उहाँसँग मनको चाहाना अर्थात इच्छित वर माग्ने दिनको रुपमा पनि लिन सकिन्छ । शिवरात्रीलाई यस वर्ष महाशिवरात्री फागुन १३ गतेलाई मनाइन्छ । धार्मिक पुराणहरु र विविध सास्त्रहरुमा यस महाशिवरात्री विशेष महत्व दिएको मानिन्छ । ग्रन्थका अनुसार यी शिवरात्रीको रात चारौं प्रहरको पूजा विधिवत गरेमा जीवनका सारा दुःख कष्ठ हटेर सारा पापबाट जीव मूक्त भइ मनोवाञ्चित फल प्राप्त हुने मान्यता छ ।
चार प्रहरलाई अब यसरी विभाजित गर्नुहोस् ।
यसरी यस महाशिवरात्री फागुन १३ गते शुक्रवारको दिन परेको र चार प्रहारका लागि यो शूभ समय मानिन्छ ।
प्रथम प्रहरः साझँ ६:२१ मिनेट देखि ९:३० सम्म
द्वितिय प्रहरः राति ९:३१ बाट राति १२:४० सम्म
तृतिय प्रहरः मध्य राति १२:४१ बाट अर्ध रात्री ३:५० सम्म
चर्तुथ प्रहरः अर्ध रात्री ३:५१ वाट बिहान सूर्योदय प्रात ६:५९ सम्म
विशेषः निशीथ समय—मध्य रात्री १२:१५ वाट १:०६
मिनेट सम्म यस समय महामुत्यंजय मंत्र जपका साथै यि
विज मन्त्रको जप गर्दा पनि विशेष प्रभाव प्राप्त
हुनेछ ।
१) एकाक्षरी मंत्रः हौं (वाक्वाणी सिद्धिको लागी)
२) तिनयक्षरी मंत्रः ऊँ जुं स (ज्चरचदि मूक्तिका लागी)
३) चतुरक्षरी मंत्रः ऊँ वं जुं स (संकट मूत्तिका लागी)
४) पंचाक्षरी मंत्रः ऊँ हौँ जु सः ऊ
५) नवाक्षरी मंत्रः ऊँ जुं सः पालय पालय
६) दशाक्षरी मंत्रः ऊँ जुं सः मां पालय पालय
तेतिस अक्षरात्मक मंत्र
त्र्यम्वकम् यजामहे सुगन्धिंम्—पुष्टिवर्धनम् उर्वारुकमिव वन्घनान्मृत्योर्मुक्षी माडमृतात् ।
पुजा र विधि विधान
महा शिवरात्रीको दिन प्राय मानिसहरु व्रत बस्ने शिवको पूजा आजा गर्ने र रात्रीमा जागरण बस्ने र यो दिन भगवान भोलेबाको सानिध्यतामा चार प्रहरमा संकल्प सहित दुधको स्नान गरि ऊँ ह्रीं इशानाय नमः मंत्रको जप गर्नु ।
द्धितिय प्रहरमा दहिको स्नान गराउदैँ ऊँ ह्रीं अघोराय नमः को जप गर्न तृतिय प्रहरमा ध्युको स्नान गरायर ऊँ ह्रीं वामदेवाय नमः र चारौँ प्रहरमा चिनी या सख्खरको स्नान गराउदै ऊँ सघाजाताय नमः मंत्रको जप गर्नु ।
यसरी रात्री चार प्रहर भगवान भोलेबाबाको पूजा र उपासना यी तिन पूण्य कर्मको एकै समय नियम पालना हुने गर्दछ । यस महाशिवरात्रीको दिन विहान शुभ मुहर्त देखि रात्री चारै प्रहरमा शिव महिमा लिलाका गुनगान गर्दा अनि विल्व पत्र भगवान शिवलाई अर्पित गर्दौ पूजा अर्चना गर्दा साथै यिनी चार प्रहरका समय रुद्राष्टाध्यायी पाठ महामुत्युंजय जप अनि शिव पंचाक्षरी मंत्र आदिको जप गर्दा सम्पूर्ण प्राणिले चाहेको फल प्राप्त गर्दै शिवलोक बास गर्ने धार्मिक शास्त्रमा व्यख्या गरेको पाइन्छ ।
यसलाई पढि सके पछि अरुको जानकारीको लागी एक सेयर गरि पूण्य प्राप्त गरौ । आनन्द अमृतको सहयोगमा

0 comments:
Post a Comment