एजेन्सी: महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी विश्वभरका हिन्दुहरुले मनाएका छन्। हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना गरेका छन्।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ।

महाशिवरात्रीमा मानिसहरु शिवरात्रिको भेषमा विभिन्न अनौठो तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। कसैले शिवको भेषमा मुखमा मैनबत्ती राखेर आगो खाएको देखाएका छन् भने कसैले ओडीसाको समुद्री किनारमा शिवको तस्बिर वालुवामा बनाएका छन्।
लोकान्तरको सहयोगमा

0 comments:
Post a Comment