काठमाडौं । एक अध्यायनअनुसार नेपालमा वर्षेनि ९० अर्ब रुपैयाँ कालो धनको रुपमा कमाइ हुने गरेको छ ।
यो कमाइमा कुनै न कुनै रुपमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका उच्चपदस्थको संलग्नता र संरक्षण हुने गरेको छ । यहाँ उल्लेख गर्न लागिएको वार्षिक ३ अर्बभन्दा बढीको अवैध कमाइ चोख्याउनुपर्ने, कालोधन नहुनपनि सक्छ । यो खबर आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
वैदेशिक दलाल, ट्राभल एजेन्सी, एअरलाइन्स, सुरक्षाकर्मी र सरकारी अधिकारीको मिलेमतोमा अवैध रुपले कामदार उडाएर जोडिने सम्पत्ति हो यो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक एक सयदेखि डेढ सयसम्म नेपालीलाई टुरिष्ट वा ट्राभल भीसमा पठाइन्छ । यिनीहरु प्रत्येकबाट एकदेखि डेढ लाखसम्म रकम असुलिन्छ ।
उडानलाई बैधता दिन यिनीहरुसँग जाने आउने (राउन्ड ट्रिप) टिकट, होटल बुकिङ, पासपोर्टमा १ हजार डलर साँटिएको बैंकको छाप वा एक हजार डलर हुनुपर्छ । यीमध्य आज जाउ टिकट, होट बुकिङ र एक हजार डलर सबै नक्कली हुनेगर्छ र फर्कने टिकटको चिर्कटो नक्कली बनाइन्छ । फर्कदा ट्राभल एजेन्सीले दिएको स्ट्याण्डबाई टिकटलाई आधार बनाएर सम्बन्धित एअरलाइन्सले बोर्डिङ पास उपलब्ध गराउँछ ।

0 comments:
Post a Comment