महेन्द्रनगर (धनुषा), १२ फागुन। बुधबार अपराह्न जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको छ ।
धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ । उनलाई बोल्न पनि कठिनाइ भएको छ । घटनाबारे जानकारी लिन अस्पताल आएका सुरक्षाकर्मीलाई झाले आफूमाथि जनकपुर–१४ रजौलका फिरोज राइन र सकुर राइनले आक्रमण गरेको जानकारी आफ्नै हातले लेखेर दिएका थिए ।
प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले आरोपीद्वय फिरोज र सकुरलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । को २५ प ६१३९ नंको मोटरसाइकलमा सवार भई फरार हुन खोजेका दुवैजनालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।
प्राप्त जानकारीअनुसार झामाथि आक्रमण गर्ने दुवैजना झाका साथी नै हुन् । उनीहरुबीच लेनदेनसम्बन्धी विवाद रहेको प्रहरीको दाबी छ । थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए ।
जनकपुरको मुझेलियामा गम्भीर आइते अवस्थामा रहेका झालाई एक सञ्चारकर्मीले देखेपछि उद्धार गरी जनकपुर अञ्चल अस्पताल पुर्याएका थिए ।रासस
तस्विर: उज्यालो
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment