कंबोडियाको राजधानी नामपेन्हमा मोटरसाइकल, ट्याक्सी जताततै देखिएपनि मोटरसाइकलमा पर्यटकलाई राखेर घुमाउने महिलाहरु भने सडकमा निकै कम देखिन्छन् । केही महिलाहरुले पर्यटक गाइडको काम गरेपनि उनीहरुलाई भने कमैले मन पराउँछन् ।
रातो टिर्सट र टाइट जिन्समा सजिएका २६ वर्षकी रेनु चिया र उनका सहयोगी ‘द मोटो गर्ल’लाई टुर गाइडको रुपमा मानिसहरुले देख्दा उनीहरुको बारेमा नकारात्मक सोच बनाउने गर्छन । “हामीलाई नराम्रो दृष्टिले हेरिन्छ । त्यसो त पर्यटनमा जोडिएका महिलालाई यौन व्यपारसंँग हेरिनु यहाँको पुरानै विशेषता हो ।” रेनु भन्छिन् ।
।
रेनुकी बहिनी २३ वर्षकी राक्सामी चियाका अनुसार, कहिलेकाहीँ पुरुषसँग बाहिर घुम्न जाँदा समेत हामीलाई सेक्सको लागि बाहिर गएको सोच्ने गरिन्छ ।
‘द मोटो गर्ल टुर’को आफ्नै वेभसाइट समेत रहेको छ । यो साइटले सुन्दर र युवा महिला ड्राइभरहरुसँग राजधानी नोमपेन्ह घुम्ने अफर दिने गरेको छ । यो प्रचारलाई भने मानिसहरुले अनौठोरुपमा लिने रेनु बताउँछिन् ।
नोमपेन्हका सीएस ट्राभलका मालिक सिब चेंग भन्छन्, “यसमा अचम्म मान्नुपर्ने के छ र ? हामी त खुशी पो हुनुपर्ने । यो दक्षिणपुर्वी एसियाका देशमा पर्यटकहलाई महिलाहरुले कम्तीमा घुमाइ त रहेका छन् ।” मोटो ड्राइभर पुरुष पनि भएको उनले बताए ।
रेनुको ड्राइभर यात्रा
कलेज पढ्दा रेनु बाइक चलाउँथिन् र उनले पैशा कमाउन पर्यटकलाई घुमाउने सोच राम्रो भएकोले उनले यो काम सुरु गर्न निर्णय गरिन् । उनले यो व्यपारमा भविष्य देखेरै हात हालिन् ।
कम्बोडियाको पर्यटन मन्त्रालयका अनुसार सन् २०१५ मा ५० लाख पर्यटक कम्बोडिया घुम्न आएका थिए ।
सन् २०१६ को सुरुवातमा पर्यटकलाई आफ्नो मोटरसाइकलमा बसाएर घुमाउने काम सुरक्षित भएको कुरा आफ्नो अभिभावकलाई सम्झाउन परेको थियो ।
हार्मको बुवा आफ्नो छोरीले यस्तो काम गर्दा पर्यटकले जतापनि छुन सक्ने कुरामा चिन्तित थिए । उनको बुझाइमा कुमारी केटीले यस्ता काम गर्न हुँदैन ।

आफ्नो प्रतिष्ठा कायम गर्न यी युवतीहरुले एउटा नियम बनाएका छन् । उनीहरुले पर्यटकले बाइकमा बस्दा बाइकको लगाइएको हैंडलबारमा समात्नुपर्ने नियम पालना गर्नुपर्ने बताएका छन् ।
जब उनीहरु रातमा बाहिर घुम्न जान्छन् उनीहरु एकसाथ धेरै युवती बस्छन् । तर धेरै विदेशी पर्यटकलाई घुमाउने कुरामा उनीहरुको परिवार र साथीभाई अझै चिन्तित छन् ।
पर्यटक पनि युवतीहरुको स्कुटरमा घुम्न सुरक्षित मान्छन् । उनीहरुले सुरक्षित रुपमा स्कुटर चलाउँछन् ।
ऑस्ट्रेलिया की ३१ वर्षीय वकील चैनल सिंक्लेयर २०१६ मा नामपेन्ह घुम्न आउँदा महिलाले चलाएकोस्कुटमो घुम्दा सुरक्षित महसुस गरेको बताइन् ।
उनी जस्तै एक्लै आउने पर्यटक मोटो गर्लको पछाडी बसेर शहर घुम्न रुचाउँछन् ।
मोटो गर्ल आफुँलाई फरक देखाउन प्रयास गर्न गर्छन् । उनीहरु कम्बोडियाको इतिहास, कला र संस्कृतिको बारेमा पर्यटकलाई भरपुर सुचना दिन्छन् ।
मोटो गर्लहरु स्कुटर चलाउन पनि निकै चुनौतिको रुपमा लिन्छन् । पर्यटकहरु कोही कोही त बस्न पनि नजान्ने, समात्न नजान्ने कारणले दुख पनि पाएको अनुभव सुनाउँछन् ।
तर आफ्नो देशको पर्यटन क्षेत्रको विकाशको लागि उनीहरुले सुरु गरेको नयाँ शैलीको कामले खुसी भएको र यसैमा रमाउने योजना भएको मोटोगर्ल बताउँछन् ।
विविसी हिन्दीबाट
0 comments:
Post a Comment