‘को हुँ म बुद्ध…’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत बजारमा ल्याएर चर्चामा आउने प्रयासरत लम्सालले २०५१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका हुन् । नेपाल प्रहरीमा अधिकृतबाट सेवा प्रवेश गरेका लम्साल अहिले स–परिवार अमेरिकाको कोलोराडोमा बसोबास गर्छन् । रेडियो नेपालका ‘ख’ श्रेणी गायकको मान्यता पाएको बताउने लम्साल भन्छन्, ‘स्वदेश वा विदेशमा भए पनि गीतसंगीतप्रतिको मेरो लगाव यथावत छ । नेपाली गीतसंगीतको जर्गेनामा लागीरहनेछु ।’
रेडियो नेपालबाट स्वर परीक्षा गरेपछि गायक लम्सालले ‘छायाँ बस्ने पिपलको भुइँमा पात झर्यो…’ बोलको आधुनिक गीत रेडर्क गराएका थिए । त्यति बेला यो गीत रेडियो नेपालमा चर्चित बनेको उनको भनाइ छ । ‘०५१ सालमा स्वर परीक्षा गरेपछि आधुनिक गीत रेकर्ड गराएँ’, उनले भने, ‘त्यसपछि गीत रेकर्ड गराएँ । गीत राम्रो चल्यो । म चल्न सकिन । प्रहरी सेवामा जागिरे भएकाले समय दिन सकिन । म ओझेलमा परेँ ।’
घरपरिवारको हौसलाले अहिले पनि लम्साल आफ्ना सृजनामा क्रियाशील भइहाल्छन् । कोलोराडोमा रहेको आफ्नो निवासमा हर्मोनियम राखेर प्रत्येक बिहान प्राक्टिस गर्ने लम्सालले हालै नेपाल आएका बेला बीबी अनुरागीको संगीत, आफ्नै संगीत र शब्दमा अञ्जु पन्तसहितका गायक गायिकाहरूलाई राखेर एल्वम बनाएका छन् । एल्वममा गायिका पन्तले ‘धर्तीमा आएँ एकलै…’ बोलको गीत गाएकी छिन् ।
अहिलेसम्म कतिवटा गीत गाउनु भएको छ भन्ने प्रश्नमा गायक लम्सालले भने, ‘मेरो आफ्नै स्वरमा १८ वटा गीत छन् । संगीत र शब्द भने भएका गीतहरू जोड्ने हो भन ३०–३५ वटा भएका होलान् ।’ उनले भने, ‘संगीतमा लागेर यसैलाई पेसा बनाउन सकिने । मनभित्रको रहर र उर्जाले बेलाबेलामा एल्वम निकाल्छु । गीतहरू बनाउने गरेको छु ।’
0 comments:
Post a Comment