चार वर्षको उमेरमा मानिस कस्तो हुन्छ ? पुक्क परेका गाला, कलिला हातखुट्टा अनि चञ्चले स्वभाव । तर तपाईं हामीले सोचे भन्दा फरक छन् एक बालक, जो चार वर्षमा नै ७० वर्षका जस्ता वृद्ध देखिन्छन् ।
बंगलादेशका बेजिद सिकदर आफ्नै हजुरबुवा भन्दा अझै बृद्ध देखिन्छन् । बंगलादेशको मगुरा गाँउमा जन्मिएका उनी निकै बुढा देखिन्छन् । उनको छाला चाउरी नै परेको छ ।
जन्मिदादेखि नै उनको स्वास्थ्य सम्बन्धि विभिन्न समस्या देखिने गरेको छ ।
उनको समस्यालाई लिएर सिकदरका अभिभावक चिकित्सक कहाँ धाएका छन तर कुनै उपचार हुन सकेको छैन ।
‘हामी धेरै चिकित्सक समक्ष पुग्यौ । तर कसैले पनि रोगको कारण पत्ता लगाउन सकेन,’ बालकका बाबु लभ्लु होससेन सिकदरले गुनासो गरे । उनलाई प्रोगेरिया भएको हुन सक्ने केही चिकित्सकले अनुमान गरेका छन् । उनको कलेजो र किड्नीले काम गर्न छोडेको छ ।
तर बेजिद मानसिक रुपमा भने अन्य बालबालिका झै फूर्तीला छन् ।उनी खेल्न रुचाउँछन् ।
0 comments:
Post a Comment