काठमाडौं, फागुन १७ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलअघि अभ्यासको लागि भारतमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेल ८३ रनले जितेको छ ।
भारतको राजवादा क्रिकेट टिमसँगको खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपाली टिमको कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले १ सय १५ बलमा ९५ रन बनाए । यस्तै सुनिल धमलाले ७२ बलमा ४४ रन, मेहबुब आलमले २२ बलमा ३० रन, आरिफ शेखले २७ बलमा अविजित २४ रन बनाए ।
नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको राजवाडाले ३७ ओभर ३ बलमा सबै विकेट जाँदा १ सय ६४ रन मात्र बनाउन सक्यो । नेपालका सोमपाल कामी, सागर पुन र सन्दिप लामिछानेले दुई दुई साथै करण केसी र अभिनाश कर्णले एक एक विकेट लिए । अभ्यासको पहिलो खेलमा नेपाली टोली भारत नोयोडाको राजवादा क्रिकेट टोलीसँग ४७ रनले हारेको थियो ।उज्यालो अनलाइनको ससयोगमा


0 comments:
Post a Comment