सामाजिक सन्जालमा जन्मेको राष्ट्रवादलाई हामीले गम्भीर ढंगबाट बुझ्न जरुरी छ -
सावित्री सुबेदी : फेसबूक स्टाटस अपराधी, चोर,भ्रष्टाचारी र सामाजिक रुपमा तिरस्कृतहरु पनि राजनीतिमा लागे पछि सबैको सम्माननीय हुन्छन, हामीमा यही विडम्बना छ र यिनै महासयहरुले हामीलाई राष्ट्रवाद सिकाउछन । आज राष्ट्रवादका पक्षमा बोलौ भने अराष्ट्रिय भईने हो कि भन्ने डर । राष्ट्रवाद अलप्ने त केबल राजनैतिक पार्टीले पो हो त, यहाँ जनताले राष्ट्रवादको नारा लगाए सरकार विरोधी आन्दोलन र अपराधीक झुन्ड जस्तो पो देखिन्छ । स्वतन्त्र विचार अभिव्यक्त गर्ने अधिकार,नागरिक सर्वोच्चता र मानवअधिकार केबल साशकका लागि मात्र पो हो ? प्रजातान्त्रिक प्रणालीमा असहमत हुनु र विरोध गर्न पाउने अधिकारमाथि सत्ता र शक्तीको हबला दिदै निस्तेज पार्नु यो पो हो तरिका । यो पो हो वामपन्थीहरुको जनबादी केन्द्रियता । माओवादीहरुले हिजो भारतका विरुद्ध सुरुङ युद्ध सुरु गर्दाको राष्ट्रवाद र भारतका राष्ट्रपती मुखर्जी नेपाल भ्रमणमा आउँदा सामाजिक सन्जालमा जन्मेको राष्ट्रवादलाई हामीले गम्भीर ढंगबाट बुझ्न जरुरी छ । सरकारले स्वागत गरिरहदा आमनेपालीबाट स्वागत विरोधी अभिमत जाहेर हुनुमा नेकपा एमाले र माओवादी केन्द्र जिम्मेवार छ कि छैन ? जनतामा यस्तो अपूर्ण र खोक्रो राष्ट्रवाद जप्न लगाउने तपाईंहरु हो कि होइन ? जनताबाट आज अभिव्यक्त यस्ता विचारहरुलाई विभिन्न पगरी गुथ्दा तपाईंहरुले आफ्नो कमजोरी स्विकार्ने कि नस्विकार्ने ? जस्तो बिज रोप्यो तेस्तै फल फल्ने हो महसय । विकासका अाधारभुत सम्रचनाको निर्माण र उत्पादनमा जोड दिदै अन्तरराष्ट्रिय बजारमा नेपालीको पहुचको विकाश गर्न सके मात्र राष्ट्रवाद र राष्ट्रवादी आन्दोलनको औचित्य रहन्छ । केही पहिला केपी ओली नेतृत्वको माओवादी समर्थित सरकारले पनि राष्ट्रवादको जप जपेकै हो, त्यही राष्ट्रवादको जय जयकार गर्दा नेपालीले महिनैको नाकाबन्दी सहनु पर्यो । माओवादीका नेताले पनि साइकल चडने राष्ट्रवाद र हामी कसैको Yes-Man हुँदैनौ भनेको कुरा आज पनि मानसपटलमा ताजा नै छ, त्यस्तै माइती घर मण्डलामा IAmWithKpOli भन्ने राष्ट्रवाद पनि हामीले देखेकै हो । हिजो बामघटकहरुले देखायको राष्ट्रवाद आज कुन राष्ट्रवादमा परिणत भयो त्यो खुल्दुलीको बिषय भयको छ । सिपाहीलाई हतियार बिना युद्ध जितेर आउनु है भनेर पठाए जस्तो वामपन्थीको राष्ट्रवादले घूडा टेक्थ्यो र टेक्यो । हामी आत्मनिर्भर छैनौ,भारतिय बजारसँग निर्भर नेपाली जनतालाई उत्पादनसँग जोडने केही काम भयो त ? जबसम्म राष्ट्रिय उत्पादनको तिब्र विकाससँगै प्रविधि र सम्रचनाको बिकासमा जोड दिन सकिदैन तबसम्म हाम्रो राष्ट्रवाद खोक्रो राष्ट्रवाद नै हो । यही राष्ट्रवादका नाममा बामघटकहरुलाई राजनीति गर्ने सुनौलो अवसर त मिल्छ तर राष्ट्रको विकास हुने अवस्था देखा पर्दैन । हिजो राष्ट्रवादको जप जप्ने आजको माओवादी सरकार किन उच्च सुरक्षाका साथ अप्रत्यक्ष कर्फ्यु नै लगाएर किन मुखर्जीलाई स्वागत गर्यो त ? सत्ता, शक्ती र अन्तरराष्ट्रिय कुटनैतिक सन्तुलन उसका चुनौती थिए र उसको जिम्मेवारी र बफादारीपन पनि हो । आजको सन्दर्भमा एमालेकै सरकार भयपनि उसले पनि यो भन्दा आर्को बाटो अप्नाउन सक्दैन थियो । त्यसैले बामपन्थीहरुले अब राष्ट्रवादलाई नयाँ ढंगबाट परिभाषित गर्न जरुरी छ । नेपाली सिमा मिच्दा उसको भक्ती गान गाउँने राष्ट्रवाद र नेपाललाई सिक्किमीकरण गर्न खोज्ने, यि दुबै राष्ट्रवाददेखी जोगिनु जरुरी छ । राष्ट्र समृद्धि र सम्मुन्नत नभएसम्म हाम्रो राष्ट्रवाद कमजोर नै रहन्छ र हामी कसैको अप्रतक्ष्य अधिनमा रहिरहन्छौ । हामी कहाँ न स्थाइ सरकार छ, न राजनैतीक दल भित्र राष्ट्रिय शहमती छ,न नेताको राष्ट्र विकासमा दृढ इच्छाशक्ती नै छ । चरम भ्रस्टचारमा फसेका नेताहरु आफु अनुकुल निर्णय गर्दै राष्ट्रवादलाई परिभाषित गर्छन् । हामी सोझा लाटा जनता राष्ट्रवाद भन्दै उफ्रन्छौ विचरा हाम्रो राष्ट्रवाद । नेपालको विकास नै राष्ट्रवादको निर्माण हो, त्यो हाम्रा नेताहरु बुझिसकेका छन । केबल उनीहरुले जनतालाई कालो भुमरीमा राखेर राजनीति गर्न खोज्या मात्र हो । #जयनारी -
0 comments:
Post a Comment