जाजरकोट । सानैमा बाबुआमा दुबै गुमाएपछि डोल्पाको एक गाउँमा चार जना बालबालिकाको बिचल्ली भएको छ। डोल्पाको लहँ ७ का बुद्धि विकको द्धन्द्धकालमा मृत्यु मृत्यु भएको र श्रीमति रुपा विकले दोस्रो बिहे गरेपछि उनीहरुका चारजना छोराछोरी बिचल्लीमा परेका हुन्।
जसमा दश बर्षीया पार्बती विक, आठ बर्षीया चन्द्रा विक, ६ बर्षीया निर्मला विक र ४ बर्षीय अनिल विक रहेका छन। अहिले यि बालबालिका मामा घरमा बस्दै आएका छन् । दोश्रो बिहे गरेकी आमा र मामा घरको संरक्षणमा बस्दै आएपनि ति बालबालिकालाई पढ्न भने सास्ती भएको छ।
बाबाको पहिला नै निधन भयो, आमाले पनि छोडेर जानुभयो, हामी मामाघरमा बस्छौँ तर यहाँ पनि त्यस्तै गाह्रो छ, हामीहरुलाई माया गर्ने पनि कोही छैन हामीलाई पढ्न मन छ दश बर्सीया बालिका पार्बती विकले भनिन्।
अहिले यि चार बिचल्लित बालबालिकाका लागि गास, वास कपास र शिक्षाका लागि केही सहयोग जुटाउन स्थानीय युवाहरु सक्रिय भएका छन् । कहिँ कतैबाट सहयोग भएमा उचित व्यवस्थापन गर्ने सामाजिक अभियन्ता प्रमोद विकले बताएका छन्।डीसीनेपालको सहयोगमा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment