मुम्बई । अभिनेत्री विद्या बालनले फिल्मी करियरमा पहिलोपटक साउथ सुपरस्टार रजनीकान्तसँग जोडी बाध्ने पक्का भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार रजनीकान्तका निर्देशक पा रञ्जीतले बनाएको फिल्म ‘कबाली’ को स्पिन अफको प्री–प्रोडक्शनको काम सुरु भएको छ । र, ‘कबाली’ को स्पिन अफ (सिक्वेल–दोस्रो भाग)को यो कथाका लागि विद्यालाई फाइनल गरिएको बताइएको छ ।

विद्यालाई यो पहिलो मौका जब उनी रजनीकान्तजस्ता सुपरस्टारसँग काम गर्ने पाउनेछिन् र साउथ फिल्म उद्योगमा पनि विद्याको डेब्यू हुनेछ ।

यद्यपी ‘कबाली’ को स्पिन अफको नाम तय भइसकेको छैन् । तर, यसपटक यो फिल्म अझै खास हुनेछ किनकि यसका निर्माता रजनीकान्तका ज्वाई धनुष हुनेछन् । फिल्मको निर्देशन पा रञ्जीतले गर्नेछन् । रञ्जीसँग रजनीकान्तको यो दोस्रो फिल्म हुनेछ ।

‘कबाली’को पहिलो भागमा रजनीकान्तसँग राधिका आप्टे मुख्य भुमिकामा थिइन् । दोस्रोमा फाइनल भएकी विद्या बालन हाल आफ्नो आगामी फिल्म ‘बेगम जान’को पोस्ट प्रोडक्शनमा व्यस्त छिन् ।

0 comments:

Post a Comment

 
Top