तेह्रथुम, फागुन १४ – तेह्रथुमको पौराणिक धार्मिक महत्वको शिवथान मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन नसक्दा ओझेलमा परेको हो ।


म्याङलुङ नगरपालिका–६, अम्फुवा र लालीगुराँस नगरपालिका–११, सोल्माको सीमास्थित पिंगुवा खोलामा रहेको शिवथान किराँत धर्मावलम्बीको विशेष पूजाआजा गर्ने ठाउँ हो । ऐतिहासिक धार्मिक महत्व बोकेको शिवथान अहिले स्थानीय बासिन्दाको नजरमा त छ तर श्रोत साधन नहुँदा संरक्षण गर्न नसकिरहेको उनीहरुले बताएका छन् ।
महाशिवरात्री, श्री पन्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा धर्मावलम्बीहरुको घुईँचो लाग्ने गर्दछ । २५ वर्षदेखि मुख्य सेवासाँवाको रुपमा पूजा गर्दै आएका डम्बरबहादुर थेगुवाले भन्नुभयोे, ‘यो नदीको बिच भागमा भएको र 

महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो । हामीले देख्दादेखि नै यहाँ दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ ।’
शिवथान रहेको ढुंगाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ । शिवथान रहेको ढुंगाको आकृति समेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने ढुंगाको मुख्य भागमा दुई वटा गुफा छन् । किंवदन्ती अनुसार महादेव र पार्वतीबिच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको किराँती इतिहासका ज्ञाता सामबहादुर लिम्बु बताउनुहुन्छ । मन्दिरको पुर्वाधार व्यवस्थापन गरेर धार्मिक महत्वलाई प्रचार प्रसारमा ल्याउन सके जिल्लाकै उत्कृष्ट गन्तव्य बन्ने जिरिखिम्तीबजारका सुविन्द्र थेगुवा बताउनुहुन्छ । उज्यालो अनलाइनको सहयोगमा

0 comments:

Post a Comment

 
Top