कालिकोट, १७ फागुन । कालिकोट जिल्लाको कोटवाडास्थित नन्दादेवी बहुमुखी क्यापसमा एक पक्षीय रुपमा अखिल क्रान्तिकारीको प्यानल घोषणा गर्न सघाएको भन्दै क्याम्पसका प्रशासक रत्नसिंह सावदलाई कालोमोसो दलिएको छ ।

सोमबार अनेरास्वबियु र नेविसंघका विद्यार्थीले सावदमाथि कालोमोसोदलेका हुन् । कालोमोसो दलेपछि उत्पन्न विववादले सदरमुकाम दिनभरि तनावपूर्ण बनेको थियो ।

अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल चुनावी मैदानमा थियो । तर, क्याम्पसका प्रशासन प्रमुख सावदले एकतर्फ रुपमा अखिल क्रान्तिकारीको प्यानललाई सघाएपछि बिबादले उग्ररुप लिएको थियो ।

माओवादी सर्मथक शिक्षकहरूको संगठन राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहेका सावदलाई कालोमोसो दलेको भन्दै अखिलक्रान्तिकारीले पनि विरोधमा नेविसंघ र अनेरास्ववियुसँग बदला लिने चेतावनी दिएको छ ।

विद्यार्थी संगठनहरूबीच भएको झडपमा केही विद्यार्थी नेताहरू घाइते समेत भएका छन् ।

झडपमा पाखा गाबिसका बीरबहादुर मल्ल र मान्म– ५ निवासी मदन र्सिह घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

उता, आफ्नो संगठनका उम्मेदवारलाई जबरजस्त हस्तक्षेप गरेर जिताएको भन्दै अखिल क्रान्तिकारीले क्याम्पसका प्रशासक सावदलाई फूलमाला र अविर लगाएर नगरपरिक्रमा गराएको छ ।

0 comments:

Post a Comment

 
Top