काठमाडौं, १० फागुन । सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । अबको ८२ दिनमा देशभर एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा भएको हो ।
गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ । ‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘मंगलबारदेखि नै हामी तयारीमा लाग्नेछौँ । जसरी ०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको निर्वाचन शान्तिपूर्ण गर्न हामी तयार छौँ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
निर्वाचनको सुरक्षा रणनीति तथा कार्यनीतिबारे थप छलफल गर्न गृहले मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसहितको सुरक्षा बैठक बोलाएको छ ।
तत्काल एकीकृत सुरक्षा योजना बनाएर लागू गरिने गृहका अधिकारी बताउँछन् । स्थानीय निर्वाचनका लागि सुरक्षाकर्मी अपुग हुने भएकाले म्यादी प्रहरीसमेत भर्ना गर्नुपर्ने हुन्छ । यसको प्रक्रिया तत्काल सुरु गर्न लागिएको गृहले जनाएको छ ।
0 comments:
Post a Comment