फाल्गुन ११, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार सम्पन्न एकता महाधिवेशनले ९८ जनालाई केन्द्रीय सदस्य निर्वाचित गरेको छ । मतदानको परिणामअनुसार पूर्वमन्त्री बुद्धिमान तामाङले सबैभन्दा बढी मत १ हजार ९ सय २८ मत पाए । दोस्रो नम्बरमा वर्तमान सरकारका भूमिसुधार मन्त्री विक्रम पाण्डेले १ हजार ९ सय २६ मत पाएका छन् । हालै पार्टी प्रवेश गरेकी गायिका कोमल ओली १ हजार ८ सय ५७ मतका साथ तेस्रो बनिन् ।
खुलातर्फ बढी मत पाउने अन्यमा नेपालगन्जका पूर्वमेयर धवलशमशेर राणा, वर्तमान महामन्त्री राजेन्द्र लिङदेन, नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द, पार्टीका पूर्वअध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनील थापा, राजीव पराजुली, प्रेमबहादुर भण्डारी, पूर्वप्रहरी महानिरीक्षक धु्रवबहादुर प्रधानलगायत रहे ।
महिलातर्फ पूर्वराज्यमन्त्री कुन्तीकुमारी शाही, अभिनेत्री रेखा थापा, गायिका मीरा राणालगायत निर्वाचित भएका छन् । सरकारले सोमबार गरेको राजदूत सिफारिसमा राप्रपाको कोटाबाट परेका निरञ्जन थापा र प्रतीभा राणा पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन् । महाधिवेशनले अध्यक्षमा भारी मतका साथ कलम थापालाई निर्वाचित गरिसकेको छ ।
Source:eKantipur

0 comments:

Post a Comment

 
Top