‘करिब १५ वर्ष जया बच्चनले आफ्ना सासू–ससुरा (अर्थात्, अमिताभका आमा–बुवा हरिवंश राय–तेजी बच्चन) माथि निकै नराम्रो व्यवहार गरिन् । अमिताभको अगाडि नै उनको अपमान गर्दथिन् । अमिताभ चुप लाग्ने गर्दथे । तर जयाको व्यवहारले हद नाघ्न थालेपछि अमिताभ र जया बच्चा दुबै भिन्न भए, छुट्टा छुट्टै घरमा बस्न थाले । अहिले पनि अमिताभ जया छुट्टै घरमा बस्छन् । अमिताभ मुम्बईको प्रतिक्षा बंगलामा बस्छन् भने जया जालसामा । यतिमात्र होइन, अभिषेक–ऐश्वर्या पनि भिन्न घरमा बस्न बाध्य छन् । परिवारमा सबै कुरा ठिक छैन ।’ यो भनाई २० वर्षसम्म अमिताभका सबैभन्दा नजिकका साथी रहेका अमर सिंहले भारतीय मिडियालाई बताएका हुन् ।
भारतीय मिडियाले अमिताभ र जया भिन्न भिन्न घरमा बस्छन् भन्ने दाबीको आधार के के हुन् भन्ने प्रश्न सोध्दा अमर सिंहले दिएको उत्तर उनकै शब्दमाः

मैले यो यत्तिकै भनेको होइन । मानिसहरुले ममाथि विभिन्न आरोप लगाए । अमिताभ–जयाबिच झगडाबिचको झगडा मैले गर्दा भएको र यी दुईलाई मैले अलग्गाएको भन्ने मानिसहरु पनि थिए । २० वर्ष अघि मैले अमिताभलाई भेट्दा उनी प्रतिक्षा (बच्चन परिवारको मुम्बईको एक बंगला) मा बस्दथे भने जया जालसा (बच्चन परिवारको मुम्बईको दोस्रो बंगला) मा बस्थिन् । जया बच्चनको व्यवहार तेजीजी र हरिवंश रायजीसँग निकै नराम्रो थियो । सुरुमा अमिताभले देखे पछि जयाको व्यवहारबाट आजित भएर… म पहिले पनि भन्ने गर्दथें र आज पनि भन्छु… मैले श्रवण कुमारबारे पढेको छु.. श्रवण कुमारलाई मैले अमिताभ बच्चनको रुपमा देखेकी छु । जब उनले (जया बच्चनले) हरिवंश राय जी र तेजीजीको अपमान गरे त्यो अपमानबाट आजित भएर अमिताभ पहिला बान्दा गए र पछि दिल्लीको गुलमोहर मार्गको सोपान नामको घरमा बस्न थाले ।
– जब आमा–बुवा बिरामी भए तब अमिताभले उनीहरुलाई लिएर प्रतिक्षा (मुम्बईमा भएको बंगला) मा ल्याए त्यहाँ पनि आफ्नी श्रीमतीको व्यवहार र आचरणलाई देखेर उनले आफ्नी श्रीमतीलाई एक अलग घर दिए । र श्रीमती बिना नै आफ्ना आमा–बुवासँगै अमिताभ अर्को घरमा बस्न सुरु गरे । आज पनि उनी (अमिताभ) प्रतिक्षामा नै बस्छन्… आमा बुवाको मृत्यु भएपछि पनि… । आफ्नो बुवाको कक्षमा बुवाको चश्मा, उनको किताब यथावत राखेका छन्.. त्यहाँ उनी दैनिक दर्शन गर्दछन् ।
के अहिले पनि जयाको व्यवहारले आजित भएर अमिताभ र जया छुट्टा छुट्टै घरमा बस्छन् भन्ने प्रश्नमा उनले सबैजना अलग अलग घरमा बस्ने बताए । उनी भन्छन्, ‘तीनै जना भिन्दा भिन्दै घरमा बस्छन् । अभिषेक–ऐश्वर्या छुट्टा छुट्टै घरमा बस्छन् । जया अलग घरमा बस्छिन् । अमिताभ अलग घरमा बस्छन् । बच्चन परिवारमा सबै कुरा ठिक छैन ।’
बच्चन परिवारसँग किन यति धेरै असन्तोष भन्ने प्रश्नमा आफूहरु वर्षौंसम्म अभिन्न मित्र भएको बताए । उनले भने, ‘जबसम्म उनी मित्र भए, त्यतिबेलासम्म मैले निकै खुलेर उनलाई प्रेम गरे । तर जब मैले अमिताभको चाल, चरित्र, अनुहार सबै बुझें त्यसपछि मैले उनलाई फर्केर हेरिनँ । जुनसुकै कार्यक्रममा उनी देखिए त्यहाँ मैले पिठ्युँ फर्काए । अमिताभको स्वभाव देखेर जुन मैले निर्णय लिएँ । मेरो हिसाबले मैले आफ्नो जिन्दगीबाट दुर्गन्धलाई छानें ।

0 comments:

Post a Comment

 
Top