एजेन्सी । विश्वका शक्तिशाली व्यक्तिको सूचिमा रहेका रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिन आफ्नो व्यक्तिगत जीवनलाई मिडियाबाट सँधै टाढै राख्छन् । यति गर्दागर्दै पनि पुटिनको धेरै महिलाहरुसँग सम्बन्ध रहेको खबर आइरहन्छन्। यसमध्ये सबैभन्दा बढी चर्चामा रहिन्, ओलम्पिक गोल्ड मेडलिस्ट ३३ बर्षीया ‘एलिना काबाइभा’ ।

पुटिन र एलिनाबीच २००८देखि सम्बन्ध सुरु भएको थियो, जसको खबर पहिलो पटक २००८ मा मस्कोको एक अखबारले छापेको थियो । सन् २००७देखि २०१४सम्म सांसद पनि रहेकी एलिना पुटिनसँग नाम जोडिएपछि मिडियाबाट टाढै रहन थालिन् । पुटिनको इशाराले नै एलिनालाई सांसद बनाइएको सुन्नमा आउँछ ।
पुटिनले ट्रम्पलाई ब्ल्याकमेलिङ गरेको खुलासा !
मिडियामा आकल–झुकल मात्रै देखिने एलिना हालै मस्कोको एक खेलकुद कार्यक्रममा देखिइन् । जब मिडियाले पुटिनसँगको सम्बन्धमाथि प्रश्न गर्यो, मुख चुपचाप रहिन् । यद्यपी, पुटिनले पनि एलिनासँगको सम्बन्धबारे आएको खबरलाई अफवाह भनेका छन् ।

केही समयअघि एलिना आफुले लगाएको विवाह औँठीका कारण चर्चामा रहिन् । भनिन्छ, पुटिनको डरका कारण पनि धेरैजसो मिडियाकर्मीले एलिनासँग यसबारे कुनै प्रश्न गर्दैनन् । ६३ बर्षीय पुटिनले २०१३ मा पत्नी ल्यूडमिलासँग सम्बन्ध–बिच्छेद गरेका थिए ।
थप तस्बिर:




0 comments:
Post a Comment