रेखा थापासँग बुधबार बिहान टेलिफोनमा कुराकानी गर्दा उनको ठूलो चासो थियो– ‘धेरै बेर फोन व्यस्त राख्यो भने कार्यकर्ता रिसाउने पो हुन् कि?’ उनको यो चासो र चिन्ता जायज हुनसक्छ। आखिर उनी अब नेपाली चलचित्रकी चर्चित अभिनेत्री मात्र कहाँ रहिन् र! चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नवनिर्वाचित केन्द्रीय सदस्यसमेत बनेकी छन्। उनी राप्रपाको एकता महाधिवेशनमा १ हजार ६ सय ३ मत पाएर बुधबारै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। महिला तर्फबाट उनले पाएको मत पूर्वराज्यमन्त्री कुन्तीकुमारी शाहीपछि सबैभन्दा बढी हो। बुधबार बिहान साढे ११ बजेतिर फोन गर्दा उनी चुनावी जीतको हर्षमै थिइन्। उनको चासो र चिन्ता तिनै कार्यकर्ताप्रति थियो, जसले उनलाई भोट हालेर केन्द्रीय सदस्य बनाए। फोन उठाउनेबित्तिकै उनले भनेकी थिइन्, ‘कार्यकर्ताहरूले बधाइ दिन फोन गर्दै होलान्, धेरै बेर नम्बर ‘बिजी’ भए दिक्क मान्लान् नि फेरि, त्यसैले अलि छोटो कुरा गर्नुस् है।’ मैले ‘हुन्छ’ भन्दै कुरा अघि बढाएँ। रेखा थापाले दुई महिनाअघि अध्यक्ष कमल थापाको हातबाट टीका लगाएर राप्रपा प्रवेश गरेकी हुन्। फिल्मी करिअरमा धूम मच्चाइरहेकी थापाको यो राजनीतिक ‘इनिङ’ प्रति टीकाटिप्पणी गर्नेहरूको कमी थिएन। उनको पार्टी प्रवेशको निर्णयलाई गम्भीर रूपमा नलिनेहरू पनि धेरै थिए। तर, फिल्मी करिअरको उतारचढावमा अविचलित रहने बानी रेखाले यहाँ पनि देखाइन्। र, केन्द्रीय सदस्य जितेर राजनीतिक यात्रामा एक खुड्किलो अघि बढिन्। राजनीतिप्रति उनको रुचि नयाँ होइन। तत्कालीन एकीकृत माओवादीले उनलाई पर्सा–१ बाट संविधानसभा सदस्य लड्न टिकट दिएको थियो। मतदाता सूचीमा नामै छुटेकाले अन्तिम समयमा उनको टिकट फिर्ता भयो। प्रसंग चल्नासाथ रेखाले आफ्नो बचाउ गरिन्। ‘मैले पार्टी परिवर्तन गरेको होइन, त्यतिबेला माओवादीले नै मलाई टिकट दिएपछि अवसर ठानेर स्वीकारेकी हुँ,’ उनले भनिन्, ‘म मन खोलेर लागेकी पनि थिइनँ, आफैं टिकट दिनुस् भन्दै माग्न गएकी पनि होइन।’ यसपालि भने आफू ‘तनमन र बचनले राप्रपासँग प्रतिबद्ध’ रहेको र ‘गाविसबाट प्रतिनिधि हुँदै केन्द्रीय सदस्य बनेको’ उनले बताइन्। काठमाडौं–४ बाट महाधिवेशन प्रतिनिधि बनेकी थापाले केन्द्रीय सदस्य बन्न कसरी भोट मागिन् अनि कति पैसा खर्च गरिन् त? ‘मलाई विश्वास गर्नुस्, मैले भोटका लागि एक रुपैयाँ पनि खर्च गरिनँ, मैले त चुनावको लागि भनेर पर्चा, पम्प्लेट वा पोस्टरसमेत बनाएको छैन,’ थापाले भनिन्, ‘उम्मेदवारी दिइसकेपछि भृकुटीमण्डप जाँदा प्रतिनिधिहरूलाई भोट दिनुस् भन्न नपाउँदै उहाँहरू मसँग फोटो खिच्न झुम्मिनुहुन्थ्यो।’ उसो भए महाधिवेशन प्रतिनिधिहरूले उनलाई नेता नभई सेलिब्रेटी ठानेर भोट दिए होलान् त? आफूले पहिला प्रत्यक्ष राजनीति नगरे पनि फिल्ममार्फत् जनताको हृदय जित्ने काम गरेको र त्यो पनि एक किसिमले राजनीतिको सुरुआत नै भएको रेखाको भनाइ छ। ‘मेरा फिल्म हेरेर, तिनले दिने सन्देश बुझेर उहाँहरूले मलाई नेता ठानिसक्नुभएको थियो,’ थापाले भनिन्, ‘पौने तीन करोड नेपालीले चिन्ने रेखा थापालाई उहाँहरू विश्वास गर्नुहुन्छ कि हुन्न भन्ने मेरो परीक्षा पनि थियो यो।’ मूलधारको राजनीति नगरे पनि फिल्म क्षेत्रमा हुने राजनीतिमा आफू निपूर्ण रहेकाले नेतृत्वको गुण विकास भइसकेको उनी बताउँछिन्। ‘तपाईंलाई थाहा छ, हाम्रो फिल्म क्षेत्रमा त योभन्दा पनि खतरा राजनीति हुन्छ नि!’ झन्डै साढे दुई दशकदेखि नेपाली सिने क्षेत्रमा रहँदै आएकी रेखाले हाँस्दै भनिन्। यति ठूलो आत्मविश्वास थियो भने उनले खुलातर्फ किन लडिनन् त? यो प्रश्नमा उनले प्रस्टीकरण दिँदै खुला तर्फबाट उठ्दा पनि जित्छु भन्ने आत्मविश्वास कम नभएको दाबी गरिन्। ‘खुला तर्फबाट उठेको भए पनि जित्थेँ, तर सुरुदेखि नै महिलाका एजेन्डामा वकालत गर्ने भएकीले उनीहरूलाई हौसला मिलोस् भनेर महिला कोटामा उम्मेदवारी दिएकी हुँ,’ थापाको तर्क छ। उनी राप्रपा प्रवेश गरेर पार्टीका विभिन्न कार्यक्रममा भाग लिन थालेको साढे दुई महिना मात्र भएको छ। यति कम समयमै उनी आफूलाई ‘राप्रपाको योद्धा’ भइसकेको ठान्छिन्। पार्टी र कार्यकर्ताले विश्वास गरे आउँदो स्थानीय निर्वाचनमा उम्मेदवार बन्न तयार रहेको उनले बताइन्। स्थानीय निकायमै जाने उनको धोको भने छैन। उनी त संसदीय निर्वाचन लडेर संघीय कानुन निर्माणको तहमै आफूलाई उकाल्न चाहन्छिन्। र, सबभन्दा ठूलो कुरा, त्यतिबेलासम्म जनताको समर्थन र चुनाव जित्नेमा उनलाई पूर्ण विश्वास पनि छ। ‘म वैशाखको स्थानीय चुनावका लागि त्यति तयार छैन, केन्द्रीय संसदको निर्वाचनका लागि भने पाँच÷छ वर्षदेखि नै तयार छु,’ थापाले भनिन्, ‘तर, पार्टीले अहिले नै चुनाव लड्नुपर्छ भन्यो भने पछि हट्दिनँ।’ मोरङमा जन्मिएकी थापा काठमाडौं क्षेत्र नम्बर ४ मा बस्छिन्। यो क्षेत्रबाट २०७० को निर्वाचनमा कांग्रेस युवा नेता गगन थापाले चुनाव जितेका थिए। पार्टीले टिकट दिए आफू काठमाडौं–४ बाट पनि चुनाव लड्न तयार रहेको उनले बताइन्। ‘हिजो हामीले गगन दाइलाई दिल खोलेर सहयोग गरेका हौं,’ थापाले भनिन्, ‘भोलि म पनि यही क्षेत्रकी उम्मेदवार बनेँ भने उहाँले मलाई हृदयदेखि नै सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।’ उसो त थापा आफ्ना लागि कुनै निश्चित निर्वाचन क्षेत्र नै आवश्यक ठान्दिनन्। ‘काठमाडौंमा बसे पनि नेपालभरिका मान्छे मलाई चिन्छन्, पार्टीले पठायो भने जुन ठाउँबाट उम्मेदवार बन्न तयार छु,’ उनले भनिन्। त्यसो भए झन्डै डेढ सयभन्दा बढी फिल्म खेलेकी रेखा के अब सिनेक्षेत्र चटक्कै छाडेर राजनीतिमै होमिने धूनमा छिन् त? यसको उत्तर दिनुअघि उनले नेपालमा कसरी नेताहरू भ्रष्टाचार गर्न बाध्य हुन्छन् भन्ने प्रसंग कोट्याइन्। उनका अनुसार राजनीतिबाहेक अरू कुनै ‘साइड बिजनेस’ नभएका नेताले बिहान–बेलुकी दुई छाक खानै लामो हात गर्नुपर्छ। ‘मलाई त अहिलेसम्म कमाएको पैसाले दुई छाक हातमुख जोड्न गाह्रो छैन,’ थापाले भनिन्, ‘र पनि फिल्म त मेरो व्यवसाय हो, यसलाई व्यवसायकै रूपमा निरन्तरता दिन्छु।’ आगामी दसैंमा उनको फिल्म ‘रुद्रप्रिया’ प्रदर्शनमा आउँदैछ। अरू फिल्म पनि काम भइरहेको उनले बताइन्। व्यस्त हुनुपर्ने स्वभाव भएकाले राजनीतिबाट बचेको समय फिल्ममा लगाउने उनको योजना छ। कतिपयले कलाकार भएर पनि राजनीतिमा आएको भन्दै नाक खुम्चाएको देख्दा भने उनलाई नरमाइलो लाग्छ। कलाकारलाई जहिले पनि राष्ट्रको गहना भन्ने अनि गहनाजस्तै सजाएर मात्र राख्ने प्रवृत्ति आफूलाई चित्त नबुझ्ने थापाले बताइन्। ‘त्यसरी सजाएका कति गहना पलायन भएर विदेश भासिएका छन्,’ थापाले भनिन्, ‘कलाकार पनि यही देशको नागरिक हो, यही देशमा बसेर कलाकारिताभन्दा बढी राजनीतिबाट देशको सेवा गर्छु भन्दा किन अचम्म मान्नु? यो त झन् राम्रो कुरा हो। हरेक क्षेत्रको उच्च तहमा रहेको मान्छेले नै देश विकासमा योगदान गर्न सक्छ।’ नेपाली चलचित्रकी पहिलो नम्बरकी नायिका बनेर विदेश जाँदा धेरैले नेपाल भन्ने देश पनि छ र? भनेर सोधेको प्रसंग कोट्याउँदै थापाले ‘विकास गरेर देशलाई संसारमा चिनाउन राजनीतिमा होमिएको’ बताइन्। जसरी उनी फिल्ममा १५ वर्ष सम्म निरन्तर जमिरहिन् त्यसरी नै राजनीतिमा पनि सफल हुने उनको विश्वास छ। ‘२०५७ सालमा पहिलो फिल्म खेल्दा यो काली काली केटी छे, फिल्ममा के जम्ली र भनेको सुन्दा म धेरै हतोत्साही भएकी थिएँ,’ थापाले भनिन्, ‘अहिले पनि कलाकार भएर राजनीति गर्ने भनेर कतिपयले कमेन्ट गर्नुभएको छ, मलाई विश्वास छ मैले राजनीतिमा पनि राम्रै गर्छु।’ फिल्ममा जमेर राजनीतिको इनिङ पनि सानदार रूपले सुरु गरेकी थापासँग अन्त्यमा एउटा कर्मकाण्डी प्रश्न पनि सोधिहालियो। ‘फेरि घरजम गर्ने सोच्नुभएको छ कि छैन?’ उनले हाँस्दै भनिन्, ‘फुर्सद् होला र?’ एकछिनमा फेरि थपिन्, ‘बिहे अझै दुई तीन वर्षपछि गरे पनि हुन्छ। पहिला देशको सेवा गर्छु। बिहेजस्तो कुरा, मैले भनेर मात्र हुँदैन, जुरेको रैछ भने घरजम गरेर पनि देशको सेवा गर्नु त छँदैछ।’ -
मैले भोट माग्न नपाउँदै उनीहरू फोटो खिच्न झुम्मिन्थेः रेखा थापा -

0 comments:
Post a Comment