काठमाडौं, फागुन १३ । उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्यामा घातक रासायनिक पदार्थ प्रयोग गरिएको खुलासा भएको छ ।
मलेसियामा गरिएको नामको हत्यामा ‘भीएक्स नर्भ एजेन्ट’ नाम गरेको घातक रासायनिक पदार्थ प्रयोग भएको तथ्य खुलेको हो ।
नामको मृत शरीरको परीक्षण गर्दा उक्त तथ्यफेला परेको मलेसियाली अधिकारीले बताएका हुन् ।
हत्यामा प्रयोग गरिएको ‘भीएक्स नर्भ एजेन्ट’लाई संयुक्त राष्ट्रसंघले आमहत्यामा प्रयोग हुने हतियार अर्थात् ‘वेपन अफ मास डिस्ट्रक्सन’को सूचीमा राखेको छ । त्यसलाई रासायनिक युद्धमा प्रयोग गरिन्छ ।
पहेंलो रङको उक्त पदार्थ चिल्लो, स्वाद र गन्धरहित हुने बताइएको छ । यो रासायनिक पदार्थले छालाबाट भित्र छिरेर स्नायु प्रणालीलाई अवरुद्ध गर्ने बताइएको छ ।
यो एक थोपामात्र छालामा प¥यो भने पनि मानिसको केही मिनेटमै मृत्यु हुने चिकित्सकले बताएका छन् ।
गत हप्ता मलेसियाको राजधानी क्वालालम्पुर एअरपोर्टमा दुई महिलाले किम जोङ नामको अनुहारमा उक्त रासायनिक पदार्थ छर्किएपछि बेहोस भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
कुनै समय किम जोङ नामलाई उत्तर कोरियामा सम्भावित राष्ट्र तथा सरकार प्रमुखकोरुपमा लिइन्थ्यो ।
तर, उक्त पद सौतेनी भाइ किम जोङ उनले पाएपछि नाम वर्षौंदेखि देशबाहिर बस्दै आएका थिए ।
(एजेन्सी/ ईमेजखबर)

0 comments:

Post a Comment

 
Top