१७ फागुन, काठमाडौं । बैंकहरुमा लगानी योग्य पुँजीको अभाव भएपछि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले अटो लोन कसेका छन् । यसको असर गाडी ब्यपारमा देखिन थालेपछि नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले सवारीहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।

विभिन्न गाडीहरुमा छुट सुविधासहित नाडाले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । अहिले सवारीक१ कूल मूल्यको ५० प्रतिशतमा मात्रै बैंकहरुले कर्जा लगानी गर्न सक्छन् । ५० प्रतिशत रकम ग्राहक आफैंले जुटाउनुपर्छ ।



त्यसैकारण मूल्यमा अधिकतम् छुट दिएर गाडी किन्न नडाले प्रोत्साहन दिएको हो । ब्यापारमा मन्दी आउन थालेपछि सवारी ब्यापारीहरुले ग्राहकलाई आकषिर्त गर्न विभिन्न योजनाहरु ल्याउन पनि गृहकार्य थालेका छन् ।

बैंकले अटो लोनमा ५० प्रतिशतको सीमा तोकेपछि गाडी किन्न सर्वसाधारणलाई निकै अप्ठेरो परेको छ ।

अब कुन गाडीको मूल्य कति ? ( तलको दायाँतर्फको प्लस बटममा क्लीक गर्दै ठूलाे बनाएर हेर्न सकिनेछ ।)



Online Khaba


0 comments:

Post a Comment

 
Top