
अलपत्र हुनेमा भलायडाँडा ४ उदयपुरका टेक बहादुर तामाङ, धादिङ निलकण्ठ नगरपालिका २ का बलबहादुर गुरुङ लगायत ५ जना, काभ्रेपलान्चोकका जगतमान तामाङ, कन्चनपुरको कृष्णपुर नगरपालिका २ का दिपेन्द्र खड्का लगायत ३३ जना रहेको जानकारी गराएका छन् ।
लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट २०७२ सालको असोजमा गएपनि पहिले काम र तलव पाएको र पछि ६ महिनादेखि नपाएको गुनासो गरेका छन् । ६ महिना देखि भने मासिक ५० रियाल मात्रै दिँदै आएको छ ।
अकामा कार्डको म्यादपनि सकियोले आफूहरु जोखिम रहेको भन्दै दूतावासलाई गुहारेका थिए । दूतावासमा उजुरी गरेपनि सुनुवाई नगरि लेवरकोटमा जान सल्लाह दिएको पीडितले बताएका छन् । सूचना केन्द्रल प्रवासी नेपाली समन्वय समितिलाई उद्धारका लागि आग्रह गरेको छ ।
0 comments:
Post a Comment