काठमाडौं, १४ फागुन। बारा जिल्लाको अमलेखगञ्ज-६ आधाभार जंगलमा भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ। एक प्रहरी घाइते छन्।

शनिबार दिउसो वीरगन्जबाट हेटाैडातर्फ जाँदै गरेको ना १ ख ५९६५ नम्बरको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी जवान उदयबहादुर केसीले डिसी नेपाललाई जानकारी दिए। डिसी नेपालमा समाचार छ |

घाइते अवस्थामा उपचारको लागि चुरेहिल अस्पताल मकवानपुर लैजादा प्रहरी जवान राम सहनी प्रसाद यादवको मृत्यु भएको केसीले जानकारी दिए। रविशंकर प्रजापति गम्भीर घाइते छन्। प्रजापति कहाँ कार्यरत भन्ने खुलेको छैन।

बा ८० प ५२२३ नम्बरको मोटरसाइकलमा प्रहरी जवान सवार थिए


0 comments:

Post a Comment

 
Top