फागुन १४, महोत्तरीः महोत्तरीमा एक जना साधुको हत्या भएको छ। बर्दिबास–५ स्थित राइमण्डल इन्देश्वर महादेव
मन्दिरमा शनिबार बिहान बर्दिबास नगरपालिका–४ गौरीडाँडाका ७९ वर्षीय बाबा रामजी शाहीको हत्या भएको प्रहरीले जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
शिवरात्रिको अवसरमा एक साता पहिलेदेखि मन्दिरमा मेला लगाउन शिवपुरनको आयोजना गरिएको थियो। मन्दिरभन्दा ५० मिटर पश्चिममा पिसाब फेरिरहेका बेला पछाडिबाट बाँसको चिरपट्टले टाउँकोमा हिर्काएर साधुको हत्या भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले बताए।
घटनाको खबर पाएलगतै इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी निरीक्षक बासुदेव थापाको नेतृत्वमा प्रहरी निरीक्षक केदार बस्नेतसहित १३ जना प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
मन्दिरमा भक्तजनले चढाएको भेटी बाँडफाँडको विषयमा साधुहरुबीच मनमुटाव हुँदा योजना अनुसार बाबा रामजीको हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ। हत्यामा संलग्न रहेको आशंकामा बर्दिबास नगरपालिका–५ पाटुका २८ वर्षीय हर्कबहादुर माझीलाई प्रहरीले अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको डिएसपी शर्माले बताए ।
शाहीको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।

0 comments:

Post a Comment

 
Top