ट्राफिक प्रहरीका अनुसार गौशाला क्षेत्र हुँदै चल्ने सवारीका लागि बिभिन्न डाइभर्सनको व्यवस्था गरिएको छ । गौशालातर्फ आउने सवारीलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर मैतिदेवी मोड, सिफल चौर, गौरीघाट, तिलगंगा र चुच्चेपाटीबाट डाईभर्सन गरिने छ ।
त्यस्तै तिनकुनेबाट र गोपिकृष्णबाट गौशाला आउने मालबाहक सवारी साधनलाई चावहिल र तिनकुनेबाटै प्रवेशमा रोक लगाइने छ ।
उता नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने मालबहाक सवारी साधन तथा पानी ट्याङकर पनि गौशाला क्षेत्र प्रवेश गर्न सक्ने छैनन् ।
सवारी साधन लिएर मन्दिर जाने दर्शनार्थीहरुको लागि तिलगंगा, अमालकोट, सिफलचौर, कोषको कार्यालय र गौरीघाटमा पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
0 comments:
Post a Comment