अमेरिकाबाट नेपालमा आमालाई चिट्ठी/छोरीको मर्मस्पर्शी पत्र पढेर आमा रोईन-
तिमीले सिकाएकी हो क्यारे, कोलम्बसले अमेरिका पत्ता लगाएको भनेर। यो मुलुकमा आजकल धेरै नेपाली जम्मा भइसकेका रहेछन्। मिनी नेपाल बनिसकेको छ। दाल, चामल, तरकारी सबै पाउने रहेछ। छोरीले भात खान पाएकी छ-छैन भनेर चिन्ता नलिनू। गुन्द्रुकदेखि मस्यौरासम्म बजारमा देखेकी छु। फरक यत्ति हो आमा, तिमीले पकाएको मात्र खान पाएकी छैन
0 comments:
Post a Comment