परासी, १० फागुन । भारतीय सशस्त्र प्रहरी सीमा बल (एसएसबी) को कुटाइबाट दुई नेपाली घाइते भएका छन् ।

आफ्नो दैनिक उपभोग्य सामान लिन भनेर नजिकको बहुआर बजारका लागि भारततर्फ जादै गर्दा नवलपरासी पक्लिहवा गाउँ विकास समिति वार्ड नम्बर ८ बलिनगर नजिकको सीमामा एसएसबीका जवानले दुई नेपालीलाई आफ्नोतर्फ बोलाई विनाकारण कुटेको स्थानीयले बताए ।

एसएसबीको कुटाइबाट घाइते हुनेमा पक्लिहवा गाविस वार्ड नम्बर ८ बस्ने बर्ष ३२ का मारकण्डे कुर्मी र सोही गाउँ बस्ने बर्ष २० का पवन कुमार कुर्मी रहेका छन् । कुटाइबाट मारकण्डे कुर्मीको दाहिने हात भाचिएको छ भने पवन कुमारको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते दुबै जनाको सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा उपचार भइरहेको भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यो घटनाबारे प्रहरी प्रशासनले भने जानकार नभएको बताएको छ ।

0 comments:

Post a Comment

 
Top