दैनिक दुईपाथी अन्न वितरण
बुटवल, फागुन ११। बाँदरको आतंक बढेपछि पाल्पाको दोभान गाविसमा रहेको सिद्धबाबा मन्दिरमा जाने भक्तजन र पुजारीले सास्ती पाउन थालेका छन्। पाल्पा र रुपन्देहीको सिमाक्षेत्र सिद्धबाबामा रहेको यो मन्दिर हिन्दु धर्मावलम्बीको प्रमुख आस्थाको रुपमा रहेको छ।
सिद्धार्थ राजमार्ग हुँदै दैनिक आवतजावत गर्ने यात्रु र दर्शनार्थीले दर्शन तथा पूजापाठ गर्ने यो मन्दिरमा पछिल्लो चार वर्षयता बाँदरको संख्या अत्यधिक बढेको छ। यहाँ बाँदरको संख्या एक्कासी बढेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष दलबहादुर गुरुङ बताउँछन्। वस्ती विस्तारसँगै जंगलमा खानेकुराको अभाव भएपछि आहाराको खोजीमा बाँदर मन्दिर आउन थालेका उनले बताए।
बाँदरले मानिसलाई आक्रमण नगरेपनि मन्दिरका परेवालाई घाईते बनाउने र अण्डा खाईदिने गरेको अध्यक्ष गुरुङले जानकारी दिए। ‘परेवालाई मारेको देखिएको छैन तर गुँडमा रहेको अण्डा खाने र परेवा घाईते बनाउनाले परेवाको संख्या बढ्न सकेको छैन,’ उनले भने।
‘मन्दिरमा आउने भक्तजनले हरेक हप्ता करिब ३ सय जोडी परेवा उडाउने र मन्दिरमै रहेका परेवाले पर्याप्त हुने गरेकोमा अहिले भने अभाव हुने गरेको छ। अहिले मन्दिरमा तीनसय जोडी मात्र परेवा छन्,’ उनले भने। बाँदरबाट परेवा र अण्डा जोगाउन गुँड वरिपरि फलामे जाली लगाउने योजना बनाएको उनले जानकारी दिए।
बाँदरको बदमासीको कारण दर्शनार्थीलाई समेत सास्ती हुन थालेपछि बुधबारदेखि बाँदरको आहार व्यवस्थापनमा लागेको गुरुङले बताए। ‘भक्तजनले ल्याएको फलफूल, माला, प्रसादी खोस्ने, ब्याग च्यातिदिने गर्न थालेपछि दैनिक २ पाथीको दरले अन्न व्यवस्थापन गरी आजदेखि नै बाँदरलाई खुवाउन थालिएको छ। अब समस्या कम हुने विश्वास गरिएको छ,’ उनले भने। दिउँसो र साँझ दुईपटक एक–एक पाथी चामलको भात वितरण गरिने उनले बताए।
दुईचार वटा बाँदर मन्दिरको शोभा हुने गरेपनि सयौंको संख्यामा हुँदा सर्वसाधारणलाई दुःख दिनुको साथै मन्दिरमा समेत बद्मासी गर्ने गरेको पूजारी नारायण प्रसाद घिमिरेले बताए। मन्दिरको झ्याल, ढोका र छानामाथिबाट जिस्काउने, पूजा गरेको बेला फलफूल चोर्ने गरेको उनले बताए। मन्दिर वरिपरी संचालन गरिएका पसलका फूलमाला, नरिवल, मिठाई चोरेर लैजाने गर्दा व्यापारीहरु समेत हैरान भएका छन्।
यसैबीच सिद्धबाबा क्षेत्रलाई धार्मिक आस्थाको केन्द्र गराउने गरी काम सुरु गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। भत्रृहरीको तपोभूमीको रुपमा रहेको सिद्धबाबा क्षेत्रलाई धार्मिक पर्यटनको ‘हव’ बनाउने योजना रहेको समितिका अध्यक्ष गुरुङले जानकारी दिए।
सिद्धबाबा क्षेत्रमा धार्मिक पुस्तकालय बनाउने र त्यसमा सबै धर्मका पुस्तकहरु राखी नेपालकै ठूलो धार्मिक पुस्तकालय बनाउने योजनामा आफूहरु लागेको उनको भनाई छ। सेतोपाटीको सहयोगमा

0 comments:
Post a Comment