

सोहि कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र जनताको हितविपरीत संविधान संशोधन भएको ले त्यो हुन नदिने बताबताएका छन् । अरुको इसारामा दलहरुले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप समेत लगाए ।

संसदमा संविधान संशोधनको प्रस्तावलाई ल्याईएला तर कुनै पनि हालतमा एमालेले संविधान संशोधन प्रस्ताव पास गर्नै नदिने उनको तर्क थियो ।
स्थानीय निकायको चुनाव हुन नदिनका लागि संविधान संशोधन अनावश्यकको विषय बनाइएको उनको भनाइ छ ।
यसैबीच अध्यक्ष केपी ओलीलाई हेटौडा चतार राजमार्ग पीडित सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै ओलीले भने– ‘ हेटौंडा चतार राजमार्गको सुरुवात आफैले गरेको हुँ, यसले सिन्धुलीलाई सम्बृद्ध बनाउने छ तर, पनि धेरै वस्ती तथा सम्पत्तिको क्षति नगरी राजमार्ग विस्तार गरिनुपर्छ ।’
हजारौको उपस्थिति रहेको सो कार्यक्रम नेकपा एमाले युवा तथा खेलकुद बिभाग सदस्य मिना श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।’
फोटो- मिना श्रेष्ठ
0 comments:
Post a Comment