सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएकी हुन्। उनले भनिन्,‘मैले देश र जनताको हित विपरित कुनैपनि त्यस्तो काम गरेको छैन, मैले आप्रावासी नेपाली महिलाहरुको हकहितको लागि काम गरेको छु, विगत ६ वर्षदेखि युएईमा काम गरिरहेको छु, त्यहाँका नेपालीहरुको पीडा मलाई जति कसैलाईपनि थाहा छैन्, उनीहरुको समस्या समाधान गर्नको लागि म जेलमा पुगेको छ, हरेक ठाउँमा पुगेको छु, हरेक नेपालीहरुले काम गर्ने कम्पनीदेखि घरमा पुगेको छ,।’
लामाले अघि भनिन्,‘अहिले मेरो नाम राजदुतमा सिफारिश भए लगत्तै मेरो बारेमा गलत तरिकाले समाचारहरु आए, यी सबै मेरो चरित्र हत्या गर्नेगरि आएका हुन्, ती असत्य र भ्रामक समाचारहरुको म आज खण्डन गर्न चाहन्छु, आजसम्म मैले कसैलाई बिगारेको छैन्।’ उनले यो देशको लागि केही गर्ने भनेर ठूलो सपना देखेको व्यक्ति भएको बताउँदै भनिन्,‘म अन्तिमसम्मपनि देश र जनताको लागि र विदेशमा रहेका नेपालीहरुको हकअधिकारको लागि लडिरहनेछु।’
उनले पछिल्लो समय आफूले महिला हिंसा विरुद्धको अभियानको नेतृत्व गरिरहेको बताउँदै भनिन्,‘नेपालमा मात्रै नभएर विदेशमा समेत मैले आवाज बुलन्द गरेको छु, नारीमाथि भएको अन्याय, अत्याचार र शोषणविरुद्ध आशा फाउण्डेशन नेपाल संस्थाबाट लडिरहेकी छु।’
उनले आफूले गरेको यस्तो राम्रो कामको बारेमा लेखिदिनुपर्ने बेलामा मिडियाले गलत रुपमा समाचार सम्प्रेषण गरेको गुनासो पोख्दै थपिन्,‘मैले गरेका राम्रा कामहरुको बारेमा लेख्नुपर्ने बेलामा मिडियाले हचुवाको भरमा तथ्यहिन समाचाहरु मेरो बारेमा लेखेकोमा मलाई निकै दुःखित तुल्याएको छ, मलाई न्याय दिनुहोस्, मैले अन्याय गरेकै छैन्।’ उनले आफूले गलत काम गरेको प्रमाणि भए जस्तोसुकै कठघरामा उभिनपनि आफू तयार रहेको स्पष्ट पारिन्।
उनले हात जोडेर भनिन,‘मलाई न्याय दिनुहोस्, गलत समाचार कहिल्यैपनि सम्प्रेषण नगर्नुहोस्।’ उनले दुवईमा बसेर नेपाललाई चिनाउने ग्लोवल भिलेजको आयोजक पनि रहेको दाबी गरिन्।
0 comments:
Post a Comment