नेपालमै  बसेर आत्मा निर्भर गर्दै भबिस्य खोज्नु अहिले आम युवा जगतको चुनौती जस्तै बनेको छ । आज दैनिक २००० युवाले रोजगारीको खोजिमा मुलक छोड्दै छन् । तिनीहरुकै रेमिट्यान्सले मुलुक धानिरहेको छ ।

यसका साथै समाजमा वैदेशिक रोजगारको नकारात्मक असर फैलिइरहेको छ । रेमिट्यान्स् सँगसँगै दैनिक सरदर ५ वटा लाश पनि आइरहेको छ ।

जसबाट तिनका आश्रित परिवारको विचल्लीको शुरु हुन्छ । समाजमा अनेक विकृति र विसंगतिहरु बढेका छन् । पारिवारिक बिखण्डन र अनैतिक यौन कृयाकलापले नेपाली समाज दिनदिनै कुरुप बन्दै गइरहेको छ ।

  वर्तमान समयमा ५० लाख युवा खाडी वा मलेशियामा रगतपसिना बगाइरहेका छन् । युरोप, अमेरिका वा अष्ट्रेलिया जानेको यहाँ गन्ती छैन । किनकि तिनिहरु विद्यार्थी बनेर जान्छन । पढ्ने बाहानामा विदेश छिर्छन् । अन्तत उतै विलाउँछन् ।

यसरी हेर्दा सोझै अनुमान लगाउन सकिन्छ, विदेशमा नेपालीको जनसँख्या ६० लाखभन्दा बढी छ । अब कल्पना गरौँ त , ती सबै युवा पुस्ता हन् । त्यत्रो जनसंख्याले मिहिनेत गरे के नेपाल बन्दैन र ? अनि के नेपालमा गरिखान पाए ती सबै यसरी विदेशिन्थे होला त ?
 
 अब यहाँ दम्दार प्रश्न उठ्छ अब , के नेपाल सम्भावना विहिन मुलुक हो त ? या हाम्रो लगनशिलता ? के  नेपाल मै केही गर्न सकिँदैन र ? यहाँ कुनै किसिमका आशा सम्भावना छैन र ? विदेशिनुको अर्को विकल्प छैन र ?
     
यी प्रस्न को जवाफ आफै बनेर खडा भएका छन सोलुखुम्बुका दिपक खड्का बि.स २०३५ साल मा उदयपुर जिल्ला  कटारि वडा नम्बर ५ सिम्ले  गाउँमा साधारण परिवारमा जन्मिएका उनी करिब बाल्यकाल उनको आमा बुबाको काखमा रमाउदै बित्यो ।

जब उनी सात बर्षका थिए कहि कतै सपना जस्तै याद छ उनलाई त्यो क्षण तावा खोला ले उन्का खुसीलाई त्यो बगाइदिएको बाडीले सर्बस्व लिएको उन्को परिवारको ज्यान मात्रै लिएन अन्यथा सर्बस्व बग्यो उनको खुसी परिवार को खुसि सबथोक ।

बाढी पीडित बनेर बाध्यत्तात्मक स्थितिलाई अनि दैबको त्यो लुटार्इलाई स्विकार्नु को बिकल्पै थिएन उनको परिवारसँग विकल्पको खोजिगर्दै परिवार ततर बितर भए केही समय सोलुखुम्बु देउसा मा आएर मावलिघर मा गुजार्न पुगे ।

नाता गोताको आड मा ३ साल गुज्रिएको उनको बालापन अभाबै अभाबमा चलिरहेको थियो । उनकी आमाका मामा समाजसेवी शिव बहादुर बस्नेत सहयोगी थिए उनकै आसा पिछा गर्दै सोलुखुम्बुको सोताङ गाबिस मा एउटा छाप्रो लगाएर बस्ने प्रबन्ध मिल्यो त्यहाँ बाट सानो चिया पसल बाट सुरु खाजा नास्ता खुवाउने गर्दै एउटा होटल जस्तो सानो लगानीमा सुरु गरे केही गर्नुपर्छ मैले भन्ने भान जब सम्म उनी मा पलाइसकेको थियो तेतिबेला उनी १५ बर्स का थिए

 २०५२ साल मा तेहि को स्थानीय बिरेन्द्र ज्योति बाट  क्ीऋ दिएर आफ्नो भबिस्य कोखोजी मा वैदेशिक रोजगारको खोजीमा निस्कने बिचार गरे आर्थिक अभावका कारण मन भएर पनि उच्च शिक्षा लिन सकेका थिएनन्।

घर बाट निस्किए उनी वैदेशिक रोजगार लाई गन्तव्य बनाएर तर राज्धानीको त्यो चहलपहल त्यहाँ केही गर्न सकिन्छ भन्ने सासा सम्भावना पाल्न पो थाले उनि म किन पराइको गुलाम गर्न  जाने ? यहीँ केही गर्छु भनेर अत्यन्तै कडाइ मेहनत का साथ लागे बिना लगानी के नै हुन्छ र साधारण होटेल मै काम गर्न थाले उनी तेहि पाठ लिएर आफै केही गर्छु भनेर क्याफे चलाउन लागे त्यो पनि तेत्ती नफस्टाएपछी गाउँ फर्कने निदो गरे ।

राज्धानीले केही परिचीत  गरायो चिनाजानि त गरायो तर हात भने रित्तै थियो । तेहि बसाइ मा थोरै राज्नितीलाई पनि बुझ्ने मैका पाए ।
   
अहिले आफू हुर्की बढि पढि गरेको ठाउँ सोताङ्मै फर्केर त्यहाँ केही गर्न सक्ने ब्यक्ती रुपमा एउटा समाजबीको रुपमा परिचित छ्न। मलाइ यो ठाउँ ले धेरै कुरा सिकाएको छ संषघ   सिकायो ज्युन सिकायो येहि ठाउँमा रहेर यहि केही गर्ने सोच छ उनी भन्छन।

एतिबेला भ्याइ नभ्याइ छ उनलार्इ आफ्नै खड्का  हाड्वयर स्टोर  नाम दिएर हाड्वएर दोकान खोलेका छन वैदेशिक रोजगारिको झोला बोकेर बाटो तताएका एक नौजवान आज १९ जना काम्दार पनि राखेर उदाउदो व्यावसायिको रुपमा संघर्षरत छन आफू त स्वरोगारभए  भए ती १९ जना वैदेशिक रोजगार मा जान लागेका जनशक्तिलाई पनि आफुले रोजगार दिलाएको छु उनी भन्छन्  ।

 चाहाना अनि मेहनत रैछ एति मात्रै हैन एक्दमै बिकट अनि सोलुखुम्बु जस्तो पिछडिएको सुरक्षाकै हिसाबले पनि एकदम जोखिम जिल्लाको पनि कोसिपारीका जनतालाई लाई अहिले बैंकिङ कारोबारको समेत प्रबन्ध मिलाइरहेका छन भर्खरै बाणिज्य बैंकले ब्रान्स्लिस्ट बैंङ्किङ सेवाको एजेन्ड पनि उनलाई गराएको छ त्यसबाट कोसि पारिका जनता लाभान्वित हुने छन। उनिहरुलाई कारोबारमा सहजता ल्याउनेमा उनी बिसस्त छन् । बैंङ्किङ कारोबार सहितको ब्याङ्क स्थापित नहुन्जेल यसरी नै जनतालाई सेवा दिने उनले बताए।

भर्खरै  मन्त्री परिषदको सिफारिस मा उनी अहिले सोताङ नगरबिकास समिति का अध्यक्ष पनि रहेकोले पनि त्यो जिम्मेवारी आफुमा भएको कारण पनि सोताङ नगरपालिकाको समग्र चौतर्फी बिकास चाहान्छ्न उनी ।

शिक्षाको कुरा गर्दै उनकै अगुवाइमा धर्मपिक इङ्लिस बोडिङ् स्कुल संचालन हरिरहेका छन सर्बसुलब जनताका छोरा छोरा छोरी पढ्ने निक्कै राम्रो बाताबरण बनेको छ जस्बाट परिवारबाट टाढा रहेर सहर पुग्नुपर्ने बाध्यता हराएर गएको छ ।

बिरेन्द्र ज्योति उच्च माद्यामिक बिद्यालयको विद्यालय ब्यबस्थापनका अध्यक्षको जिम्मेवारी पनि निभाए अहिलेसम्म प्राथमिक स्वास्थ केन्दका सदस्यमा रहेर पनि काम गर्दै आइरहेका छन ।
newsabhiyan
बिशेष  गरेर यातायातका क्षेत्रमा सोलुखुम्बुको कोशि पारी यातायातका साधनमा उनको लगानी तथा भुमिका रहेको छ ।

आफनै गाडी कोसि तारेर कोसिमा पनि आफ्नो लगानीमा काठे पुल हालेर समान आयात निर्यातको बाताबरण गराएका छ्न एस्ले  केही हद सम्म भए पनि कोसि पारीका सर्बहारा बर्गलाई सहयोग पुग्नेछ भन्ने आम सबैको धारणा छ।

कत्तिले तेस्लार्इ व्यवसाय हो उसको आफ्नो लागि गर्यो भनेका छ्न तर उन्ले भने कोसि पारीका जनता का खुसीको लागि हो यो पहिले खच्चड लागाएर बोकेको प्रतिकिलोग्राम र उनले गाडी कोसि तारेर त्यहीँबाट सामान लैजादा जनता लाई थुप्रै सौलियत हुने तेस्तै बाटो आएको आभास गराउन लाई पनि  जोखिम मोलेर कोशि तारेर समान ढुवानी गर्न थालेको बताए। अब को बाकी समय समाज सेवा गर्दै जाने उनी बताउछन् ।

सोलुखुम्बु का दिपक खड्का एउटा उदाहरण हुन यस्तै गर्दै स्वरोजगार हुने माध्याम पहिचान गर्दै काम गर्ने हो भने आज तपाईं हामी जस्ता युवा  दुई छाक गर्जो टार्न कै लागि यो सिर बिदेशी को  पाउमा ट्क्राउनु पर्र्ने सस्तै मोलमा रगत अनि पसिना पराइ भुमीमा सिञ्चित गर्नु पर्थेन  केही पाठ लिनुपर्ने आजको प्रमुख  आवश्यक बनेको छ।

0 comments:

Post a Comment

 
Top