फागुन १५ गते- दर्शकहरुले खासै उत्कृष्ट नभएको भनिरहेका बेला चलचित्र लुट २ का निर्माताले भने चलचित्रले देशभर आक्रामक व्यापार गरिरहेको दावी गरेका छन् ।
चलचित्रका निर्माता माधव वाग्लेले यो चलचित्रले ‘छक्का पञ्जा’ को रेकर्ड तोड्ने बताइरहेका छन् । उनका अनुसार ‘लुट २’ ले देशभरका हलबाट २ दिनमै ३ करोड आसपासको व्यापार गरिसकेको छ ।
निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्रले काठमाडौंमा शुक्रबार मात्रै करिब १ करोड कमाएको छ । चलचित्र निर्माणका लागि १ करोड ६० लाख लगानी लागेको निर्माता वाग्लेले जानकारी दिए ।
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका कलाकारको अभिनय रहेको छ

0 comments:
Post a Comment